ग्लोबल आईएमई बैंकको जन्मभूमि घर कर्जा «

ग्लोबल आईएमई बैंकको जन्मभूमि घर कर्जा

ग्लोबल आईएमई बैंकले वैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरूलाई लक्षित गरी ग्लोबल आईएमई जन्मभूमि घर कर्जा ल्याएको छ । यस नयाँ योजनाअन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरू र उनका परिवारका सदस्यलाई आवश्यक कागजात पेस गरेको तीन दिनभित्र घर कर्जा उपलब्ध गराइनेछ ।
न्यूनतम ब्याजदरमा सुलभ र सहज रूपमा प्राप्त गर्न सकिने जन्मभूमि घर कर्जाले रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट भिœयाउन मद्दत पुग्नेछ । यो घर कर्जा वैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारतसहित विभिन्न देशमा बस्ने नेपालीहरूका परिवारलाई प्रदान गरिनेछ ।
जन्मभूमि घर कर्जा ग्लोबल आईएमई बैंकको सबै शाखाबाट प्राप्त हुनेछ । यससम्बन्धी थप जानकारी ग्लोबल रेमिटका विभिन्न देशमा रहेका कार्यालयहरू तथा ग्लोबल आईएमई बैंकका वैदेशिक सम्पर्क कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकले १ सय ५० वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, १ सय ५० एटीएम, १ सय ९४ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत ११ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्