Logo

सानिमा बैंक र दूसित थानी रिसोर्टबीच सम्झौता

काठमाडौं– सानिमा बैंकले धुलिखेल स्थित दूसित थानी हिमालयन रिसोटसँग छुट दिनेबारे सम्झौता गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ क्यूआरमार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवामा बैंकका ग्राहकले १५ प्रतिशतको छुट पाउने छन् ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्