सिटिजन्स् बैंक र मेडिसिटी वयोधा हस्पिटलबीच सम्झौता
काठमाडौं– सिटिजन्स् बैंक इन्टरनेसनल र वीरगञ्जस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलबीच छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले नेपाल मेडिसिटी वयोधा हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।