Logo

हिमालयन बैंकको शाखा स्थानान्तरण

काठमाडौं– हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालमध्ये स्वयम्भु शाखा–२ लाई स्थानान्तरण गरी बालाजु चोकमा सञ्चालनमा ल्याएको छ ।

बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बंैकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरे । हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २६४ एटीएममार्फत बैंकले सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्