भेष्पा र अप्रिलियाको एक्सचेन्ज अफर

डि–लाईफस्टाईल्सले विश्व विख्यात ब्राण्ड भेष्पा÷अप्रिलियाको विक्री प्रवर्धन गर्ने उद्देश्यले यही मंसिर ८ गतेदेखि १४ गतेसम्म भेष्पा हट एक्सचेन्ज अफर क्याम्प आयोजना गरेको छ । यस क्याम्पमा खरिद गर्ने सम्पूर्ण ग्राहकलाई आगामी वर्षको सवारी कर पनि कम्पनीको तर्फबाट नै भुक्तनी गरिने बताइएको छ ।
यस अफरमा जुन सुकै ब्राण्डको मोटरसाईकल तथा स्कुटर ल्याएर नयाँ भेष्पा स्कुटर चढेर जान पाइनेछ । मूल्याङ्कन भएको पुरानो बाईक तथा स्कुटरमा कम्पनीले ३५ हजार रुपैयाँसम्म छुट प्रदान गरिदिने बताएको छ । ३५ हजारसम्म छुटका साथै भेष्पा भेगा हेल्मेट र अन्य विभिन्न रङ्गको भेष्पा प्राप्त गर्ने सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।