Logo

गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम

काठमाडौं– गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले पार्टनर मिट सम्पन्न गरेको छ । सिमरामा सम्पन्न दुई दिने कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै पार्टनर र नेपाल ल्युब आयलका प्रतिनिधिको सहभागिता थियो ।

देश कठिन समयमा गुज्रिरहेको र सम्पूर्ण बजार नै सुस्ताइ रहेको अवस्थामा अगिलो वर्षको समीक्षा गरी, आगामी दिनको रोड म्याप बनाउन सो मिटमा छलफल भएको कम्पनीले जनाएको छ । नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले कम्पनी, स्केटहोल्डर र ग्राहकबीचको सम्बन्ध मजबुत बनाई, प्रगतितर्फ अग्रसर हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, ‘अबको समय समस्या छ भनेर निराश भएर बस्ने समय होइन । सबै मिलेर एकजुट भएर समस्यालाई पछाडी राखेर अगाडी बढ्नु पर्नेछ । हाम्रो सम्बन्धलाई अझै मजबुत बनाई राख्न हाम्रो टिम हरदम तयार र प्रतिबद्ध छ ।’

कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न विधामा सर्वोत्कृष्ट पार्टनरलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्