वर्षाले काठमाडौंसहित देशभर बाढी पहिरो, विभिन्न स्थानमा सडक अबरुद्ध

काठमाडौं- केही समयदेखि परेको वर्षाले राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा बाढी पहिरो आएको छ । यसले विभिन्न राजमार्ग तथा साना सडक अवरुद्ध हुन पुगेका छन् । काठमाडौं उपत्यका नदिहरुको सतह बढेको छ भने विभिन्न स्थानमा सडक जाम भएका छन् । नदी किनारका सडकमा सवारी नगएका कारण मुख्य सडकहरुमा बढी जाम देखिएको छ ।
अहिले लैनचौर, केशरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, बबरमहल, बानेश्वर, तिनकुने, बालाजु, कुपन्डोल लगायत विभिन्न ठाउँमा ट्राफिक जाम छ । सडक अवरूद्ध भने छैन । नेपाल प्रहरीले मंगलबार बिहान जारी गरेको बुलेटिन अनुसार अविरल वर्षाले बाढी, पहिरो आउँदा विभिन्न ठाउँका मुख्य सडकदेखि सहायक सडक अवरुद्ध भएको जानकारी दिएको हो ।
प्रहरीका अनुसार संखुवासभामा बाढीले मकाउ गाउँपालिका-३ मा पर्ने उत्तर दक्षिण कोशी राजमार्ग अबरुद्ध भएको छ । यस्तै, सुनसरी धनसारेमा पहिरो जाँदा बराहक्षेत्र नगरपालिका-१, धनसारेमा पर्ने चतरा-बराह क्षेत्र भित्री सडकखण्ड पूणर् रुपमा अवरुद्ध बनेको छ । महोत्तरीमा बाढी आउँदा पूर्वपश्चिम राजमार्ग एकतर्फी मात्र संचालनमा आएको छ ।
वर्षाले सडकमा क्षति पुर्याउँदा बर्दिबास नगरपालिका-५, माईस्थानमा सडक एकतर्फी सञ्चालन भएको हो । यस्तै बाढीले क्षति पुर्याउँदा दोलखाको चरिकोट सडकखण्ड बन्द हुन पुगेको छ । त्यस्तै, वर्षाले मकवानपुर भिमफेदीमा पहिरो जाँदा कान्तिलोकपथ एकतर्फी सञ्चालनमा आएको छ । गण्डकी प्रदेशका विभिन्न ठाउँमा पहिरो खस्दा कालीगण्डकी करिडोरदेखि अन्य सडक अवरुद्ध बनेका छन् ।
म्याग्दीको बेनी नगरपालिका-४ घुमाउने भिरमा गएको पहिरोले बेनी-दरबाङ सडकखण्ड पूणर् रुपमा अवरुद्ध बनेको छ । यस्तै सोमबारदेखिको वर्षाले म्याग्दीकै रघुगंगा गाउँपालिका १ र २ वडामा पहिरो खस्दा बेनी-जोमसोम सडकखण्ड बन्द भएको छ । बागलुङको डब्ल्याङमा पहिरो जाँदा कालगण्डकी करिडोर अवरुद्ध भएको छ ।
बागलुङ नगरपालिका-१०, डब्ल्याङमा खसेको पहिरोले करिडोर पूणर् रुपमा बन्द भएको हो । दाङको घोराही तुल्सीपुर सडकखण्डमा पर्ने सेवारखोलामा बाढीले क्षति पुर्याउँदा सडक पूणर् रुपमा अवरुद्ध भएको छ । घोराही उपमहानगरपालिका-१६ मा पर्ने उक्त खोलाले सडकमा सोमबार क्षति पुर्याएको थियो । कणर्ालीको रुकुमपश्चिममा पहिरो खस्दा आठबीस नगरपालिकामा पर्ने भेरी करिडोर सडक पूणर् रुपमा अवरुद्ध भएको छ ।