चोरी नियन्त्रण गरेपछि राजस्व संकलन बढ्यो

इनरुवा- नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले चोरी नियन्त्रण अभियान सञ्चालन गरेपछि तीन दिनका अवधिमा २६ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । तीन दिनको अवधिमा २६ लाख ८० हजार २२२ रुपैयाँ राजस्व संकलन गरिएको प्राधिकरण इनरुवा वितरण केन्द्रका प्रमुख रामउदगार साहले बताए ।
कार्यालयले सुनसरीको कोशी, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंहलगायत गाउँपालिकामा रातिको समयमा गरिएको अनुगमनका क्रममा विद्युत् चोरी गरेर उपभोग गरिरहेका ६ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेबापत ७३ हजार ५९२ राजस्व संकलन भएको प्रमुख साहले जानकारी दिए ।त्यसैगरी २४ लाख १९ हजार १३५ बक्यौता उठाउन बाँकी रहेकामा कार्यालयले जम्मा ११४ ग्राहकको लाइन कट्टा गरी ११४ र थप १४ जना ग्राहकको लाइन जडान गरेबापत असुल हुन बाँकी र थप गरेर जम्मा २६ लाख ६ हजार ६३० गरेर २६ लाख ८० हजार २२२ रुपैयाँ राजस्व संकलन भएको छ ।कार्यालयले विद्युत् चुहावट नियन्त्रण अभियानलाई तीव्रता दिएका कारण अहिले धमाधम विद्युत् चोरी गर्नेहरू नियन्त्रणमा आउन थालेका छन् । कार्यालयले १३८ ग्राहकको बन्द मिटर रहेकामा सबैलाई निःशुल्क मिटर वितरण गरेको छ ।