मादी–सेतीमा -याफ्टिङ गर्ने बढे «

मादी–सेतीमा -याफ्टिङ गर्ने बढे

 

दमौली-हिउँदयाम सुरु भएसँगै तनहुँको मादी–सेती नदीमा -याफ्टिङ गर्ने पर्यटकको संख्या बढेको छ । सफा, स्वच्छपानी र पानीको वाहव पनि कम हुने हुनाले यो सिजनमा मादी–सेतीमा जलविहार गर्न आन्तरिक र बाह्य पर्यटक आकर्षित भएका छन् । अहिले पोखरा घुमेर सौराहसम्म पुग्ने प्रायः पर्यटकहरू -याफ्टिङ गर्दै जान नै मन पराउँछन् । मादी–सेतीमा दैनिक ५० देखि सय जनासम्म स्वदेशी तथा विदेशी पर्यटकहरू -याफ्टिङको लागि आउने गरेको -याफ्टिङ गाइड हीरा गुरुङले जाजकारी दिए ।
मादी–सेती नदीमा -याफ्टिङ गर्न एक रात र दुई दिनको प्याकेज व्यवस्था गरिएको  । दमौली मादी नदीको पुलबाट -याफ्टिङ गरेका टोली बन्दीपुरको धाप र साराङघाटमा बास बस्ने गरेका छन् । -याफ्टिङ गर्ने पर्यटकलाई लक्षित गरेर धापमा सुविधासम्पन्न रिसोर्ट खुलेको छ भने साराङघाटमा क्याम्प बनाएर बस्ने गर्छन् ।
धापबाट दोस्रो दिन पर्यटक गाईघाट पुग्छन् । खाना र बाससहित प्याकेजमा प्रतिव्यक्ति पाँच हजार रुपैयाँमा -याफ्टिङ गर्ने व्यवस्था मिलाइएको छ । दमौलीदेखि चितवनको गाईघाटको दूरी ३२ किमि छ । प्राकृतिक दृश्यावलोकनसहित -याफ्टिङ गर्न पाइने भएकाले पनि मादी–सेती नदी पर्यटकको रोजाइमा पर्ने गरेको छ गुरुङले बताए । ‘-याफ्टिङ गर्न प्रायः युरोप, अमेरिका र एसियाली मुलुकका पर्यटकका परिवार नै आएका छन्’ उनले भने । पानीको बहाव ३ प्लस -यापिड भएकाले पो रुट अति नै सुरक्षित छ । छाल कम हुने भएकाले यहाँ बालबालिकादेखि वृद्धाहरूले समेत -याफ्टिङको मज्जा लिन सक्छन् ।
मादी–सेतीनदीचार वेद र १८ पुराणका रचयिताको महर्षि वेदव्यासको जन्मस्थल समेत भएकाले व्यास परासर क्षेत्रमा आउने धार्मिक पर्यटकहरू समेत -याफ्टिङमा रमाउने गरेका छन् । 

 सुनिता आचार्य

प्रतिक्रिया दिनुहोस्