सिटिजन्स् र चरक हस्पिटलबीच समझदारी
काठमाडौं– सिटिजन्स् बैंक इन्टरनेसनल र पोखरा, कास्की स्थित चरक मेमोरियल हस्पिटलबीच सम्झौता भएको छ । सो सम्झौतापत्र अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले हस्पिटलमा २० प्रतिशतसम्मको छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।