तुलसीपुरको ८८ प्रतिशत याेजना पूरा
दाङ– तुलसीपुर उपमहानगरपालिकाले ८८.४ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ८८.४ प्रतिशत भौतिक प्रगति गर्न सफल भएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगर पालिकामा गत आर्थिक वर्षमा २५० वटा योजनामा २२१ वटा योजना सम्पन्न गर्न सफल भएको छ भने २९ वटा योजना सम्भौता भएको उपमहानगरको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
योजनामध्ये सडकतर्फका १०४ वटा रहेकोमा ८४ वटा सम्पन्न भएका छन् । सिंँचाइतर्फका ३३ वटा रहेकोमा ३३ वटै सम्पन्न भएका छन् । खानेपानीतर्फका १७ वटा रहेकोमा १७ वटै सम्पन्न भएको छ । भवनतर्फ ७४ वटा योजना रहेकोमा ६५ वटा सम्पन्न भएका छन् । अन्य कार्यक्रमतर्फ २२ वटा योजना रहेकोमा २२ वटा नै सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । उपमहानगरपालिका नगरस्तरीय ठेक्का भुक्तानी बाँकी (२०७७/०७८ देखि २०७९/०८०) का १९ वटा योजनामध्ये १७ वटा सम्पन्न भएका छन् भने दुईवटा सम्झौता भएका छन् ।
नगरस्तरीय योजना १४४ वटा रहेका थिए । जसमा १४० वटा सम्पन्न भएका छन् भने चारवटा सम्झौता भएका छन् । नगरस्तरीय गौरवका आयोजना १९ वटा रहेका थिए । जसमा १२ वटा सम्पन्न भएका छन् भने सातवटा सम्झौता भएका छन् । संघीय सरकार समपूरक अनुदानअन्र्तगत दुईवटा योजना रहेका थिए । जुन सम्भौतामात्र भएका छन् । संघीय सरकार विशेष अनुदानअन्तर्गत एक योजना रहेको थियो । जुन सम्पन्न भएको छ । यसैगरी संघीय सरकार सशर्त अनुदानअन्तर्गत ६ वटा योजना रहेका थिए । जसमा चारवटा सम्पन्न भएका छन् भने दुईवटा सम्झौता भएका छन् ।
प्रदेश सरकार समपूरक अनुदानअन्तर्गत ६ वटा योजना रहेका थिए । जसमा चारवटा सम्पन्न भएका छन् भने दुईवटा सम्झौता भएका छन् । प्रदेश सरकार विशेष अनुदान (११ विद्यालयको स्वच्छ खानेपानी सहित) का १५ वटा योजना रहेका थिए । जसमा १४ वटा सम्पन्न भएका छन् भने एकवटा सम्झौता भएको छ । यसैगरी प्रदेश सरकार सशर्त अनुदानअन्तर्गत १० वटा योजना रहेका थिए । जसमा ६ वटा सम्पन्न भएका छन् भने चारवटा सम्झौता भएको छ । प्रदेश सरकार वित्तीय हस्तान्तरण सशर्त अनुदानअन्तर्गत १४ वटा योजना रहेका थिए । जसमा १२ वटा सम्पन्न भएका छन् भने दुईवटा सम्झौता भएका छन् ।
संघीय सरकार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम २०७९/०८० का दुईवटा योजनामध्ये दुईवटै सम्पन्न भएका छन् । सडक बोर्ड नेपाल २०७९/०८० का चारवटा योजनामध्ये चारवटै सम्पन्न भएका छन् । सडक बोर्ड नेपालअन्तर्गत २०८०/०८१ का एकवटा योजना सम्झौता भएको छ । संघीय सरकार राष्ट्रिय ग्रामीण नवीकरणीय ऊर्जा कार्यक्रमको तीनवटा योजना नै सम्पन्न भएका छन् । बबई नदीमा भोलुंगे पुल एकवटा भोजपुरघाट बहुर्षीय योजना सम्झौता भएको छ । संघीय सरकार गरिवसँग विश्वेश्र कार्यक्रमअन्तर्गत दुईवटा योजना रहेकोमा दुईवटै सम्पन्न भएका छन् ।
वित्तीय प्रगति ७८.६८ प्रतिशत
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ७८.६८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालुतर्फ एक अर्व २३ करोड २५ लाख रुपैयाँ बजेट रहेको थियो । जसमा एक अर्ब चार करोड ९१ लाख रुपैयाँ खर्च भएको छ । जुन खर्च ८५.१२ प्रतिशत हो । पुँजीगततर्फ ६७ करोड ७८ लाख रुपैयाँ बजेट रहेको थियो । जसमा ४५ करोड ४० लाख रुपैयाँ खर्च भएको छ ।
जुन खर्च ६६.९७ प्रतिशत हो । क्षेत्रगत रूपमा आर्थिक विकासतर्फ ४४.७२ प्रतिशत, सामाजिक विकासतर्फ ८९.३३ प्रतिशत, पूर्वाधार विकासतर्फ ६३.२८ प्रतिशत खर्च भएको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र ७७.८७ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासकीय क्षेत्रतर्फको ८६.६ प्रतिशत बजेट खर्च भएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।