Logo

तराईमा भारतीय तरकारीको बीउ

बारा-सरकारले सरल ढंगबाट तरकारी बालीको बीउ उपलब्ध नगराएपछि बारालगायत तराइका जिल्लाहरुमा सूचीकृत नभएका भारतीय तरकारीका बीउ किसानले प्रयोग गर्न बाध्य भएका छन् ।
धान र गहुबाहेक सरकारले धेरै कम संख्यामा तरकारीको बीउ सूचीकृत गरेको र पर्याप्त उपलब्ध नहुँदा तराइका किसानहरु भारतीय बीउ प्रयोग गर्न बाध्य भएका हुन् । सरकारको सूचीमा नरहेको भारतीयय विजेता कम्पनीको तरकारी बालीको बीउ तराइका जिल्लाभरका किसानले प्रयोग गरेका छन् ।
प्याज, काउली, गोलभेडा, धनिया, लसुन, लौका, करेला, बोडीलगायतका तरकारी बालीको बीउ पनि भारत बिहारको रक्सौल, आदापुर, छौडादानो, घोडासहनलगायतका स्थानबाट जिल्लाका किसानले खरीद गरेर ल्याउने गरेका छन् ।
तरकारी खेतीको लागि जिल्लाको प्रष्टोका, कवलपुर, मझौलीय, बञ्जरिया, इनर्वासिरा, सिम्रौनगढ, इटवाल, मनगढवा, भलुहीभरवलिया, बरियारपुर, भवरा, विसम्भरपुर, खपरताता, बेलहिया, प्रस्टोकालगायतका स्थानमा धेरै क्षेत्रफलमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र कलैयाले जनाएको छ ।
धान र गहुबाली बाहेक नेपाल सरकारले धेरै कम संख्यामा तरकारीको बीउ सूचीकृत गरेको कृषि ज्ञान केन्द्र कलैयाका प्रमुख जितेन्द्र यादवले बताए ।
बिजेता कम्पनीको तरकारी बालीको बीउ अहिलेसम्म सरकारले सूचीकृत नगरेको उनले जानकारी दिए ।
‘बीउ बिजन नियमावली अनुसार तरकारी बालीको थोरै बीउ सूचीकृत भएका छन्,’ उनले भने, ‘सूचीकृत नभएको बीउमा विस्वसनियता हुँदैन ।’ किसानले मनोमानी ढंगबाट रोपेको तरकारीबाली बिग्रेमा त्यसको जिम्मेवार सरकार नहुने उनले स्पष्ट पारे । यहाँका किसानले परम्परागत रुपमा गर्दै आएका तरकारी खेतीमा विश्वासको आधारमा भारतीय बीउ प्रयोग गर्ने गरेको उनले बताए ।
कलैया उपमहानगरपालिका–२ दोहरीका किसान मोहन साहले छिमी (मटर) रोप्न लागेको भारतको विजेता कम्पनीको बीउ सरकारले तयार गरेको तरकारी बालीको बीउमा सूचीकृत छैन । मोहनले भारतको आदापुर पुगेर उक्त बीउ खरीद गरी ल्याएका हुन् । नेपाली बजारमा पनि विजेता कम्पनीको बीउ छ्यापछ्याप्ती पाइएपनि त्यसको मूल्य व्यपारीले उच्च राखेकोले धेरै किसानले बिहारबाट बीउ खरीद गरी ल्याउने गरेको उनले बताए ।
मुनेश्वर मण्डलले पनि भारतिय जातकै बीउबाट तरकारी खेती गर्दै आएका छन उनले नेपालमा पाइने तरकारीको बीउ भारतमा आधा सस्तो पर्ने हुँदा भारतबाटै बीउ ल्याइ तरकारी खेती गर्ने गरेको बताए ।
कतिपटक भारतिय बीउले तरकारी नष्ट भएको प्रती उनि स्याहार नपुगेको मात्र भन्छन सरकारले सूचीकृत गरेको बीउबारे आफूलाई थाह नभएको बताए । ‘विजेता कम्पनीको बीउमा हामी विश्वस्त छौं,’ उनले भने, ‘३-४ वर्षदेखि छिमी खेती गर्न भारतीय बीउ नै प्रयोग गर्न थालेका छौं ।’
जिल्लाको दक्षिण्ी क्षेत्रका दर्जनौ स्थानमा तरकारी खेती हुँदै आएको छ । यहाँका किसानले परम्परागत रुपमा गर्दै आएका तरकारी खेतीमा विश्वासको आधारमा भारतीय बीउ प्रयोग गर्ने गरेको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्