Logo

नेपाली विज्ञापन एजेन्सी भि–चित्रलाई भारतीय अवार्ड

काठमाडौं– नेपाली विज्ञापन एजेन्सी भि–चित्रले भारतीय अवार्ड पाएको छ । ‘रुरल मार्केटिङ एसोसिएसन अफ इन्डिया’ द्वारा आयोजित ‘फ्लेम अवार्ड २०२४’ मा नेपालको एजेन्सी भि–चित्रले २ स्वर्ण र १ रजत पुरस्कार प्राप्त गरेको हो ।

कम्पनीले वाइवाइ चाउचाउका लागि सञ्चालन गरेको हामी सबैको मनमा वाइवाइ उत्कृष्ट लामो अवधिको अभियान र कपालको हेरचाह सम्बन्धिको ब्राण्ड लिभोनका लागि गरिएको क्याम्पेन ‘किप योर कलर्स’ वर्षको उत्कृष्ट बजेट क्याम्पेन घोषित हुँदै गोल्ड अवार्ड प्राप्त गरेको छ ।

यसका साथै भि–चित्रले लिभोन प्रोफेशनलका लागि गरेको अभियान वर्षकै बेस्ट इनोभेटिभ क्याम्पेन घोषित हुँदै सिल्भर अवार्डद्वारा सम्मानित भएको छ । भि–चित्र डिजिटल मिडिया र कन्टेन्ट स्ट्राटेजी प्रमुख रसना डंगोलले भारतीय अवार्डले आफूहरुलाई सिर्जनात्माक का मगर्न थप प्रेरणा मिलेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्