प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने «

प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले चालू वर्षमा गर्न लागेको लगानी सम्मेलनलाई टेवा पु¥याउन यही मंसिर २० गते वित्तीय सम्मेलनको तयारी गरेको छ । प्रदेश सरकारको चालू वर्षको नीति कार्यक्रममा लगानी सम्मेलन गर्ने उल्लेख गरेको थियो ।
अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशका जनतामा वित्तीय पहुँच बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत् प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यका साथ यो वित्तीय सम्मेलन गर्न लागिएको प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयका उपससचिव दिनेश पाण्डेले जानकारी दिए ।
यस्तो वित्तीय सम्मेलन प्रदेश सरकारको पहलमा नेपालमै पहिलोपटक हुन लागेको हो । ‘वित्तीय सम्मेलनले लगानी सम्मेलनलाई टेवा पु¥याउने छ’, पाण्डेले भने, ‘प्रदेश सरकारले लगानी सम्मेलन गर्ने भनिएपनि अहिलेसम्म मिति भने तय भइसकेको छैन ।’
सुदूरपश्चिम प्रदेशमा लगानीयोग्य वातावरण निर्माण गर्दै लगानीकर्तालाई आकर्षित गराउन लागनी सम्मेलन गर्ने नीति सरकारको छ । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा लगानी जुट्न नसक्दा व्यापारिक र औद्योगिक गतिविधि पनि बढ्न सकेको छैन । वित्तीय सम्मेलन सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, राजनीतिक दलका शीर्ष तहका व्यक्ति, उद्योगी व्यवसायी, सबै स्थानीय तहका प्रमुख तथा अन्य सरोकारवालाको सहभागिता रहने जनाइएको छ ।
यस प्रदेशमा रहेका सबै ८८ वटा पालिकामध्ये ८४ पालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ । पहाडी क्षेत्रको बझाङ र बाजुरा जिल्लाका चार वटा पालिकामा राष्ट्रिय वाणिज्य बैंकको पहुँच पुग्न अझै बाँकी छ ।
सबै ठाउँमा वित्तीय पहुँच नपुगेको र सचेतनासमेत हुन नसक्दा व्यापार व्यवसाय गर्दा आवश्यक पर्ने ऋणमा पहुँच पुग्न नसकी विमुख हुने, वचत गर्ने बानीको विकास हुन नसकेको, रकम ट्रान्सफर (स्थानान्तरण) कसरी र कहाँबाट गर्ने भन्नेलगायतका विषयमा जानकारी नहुने र पूँजी निर्माणमा समस्या हुने गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्