सिद्धार्थ बैंक र दूसित प्रिन्सेस्बीच सम्झौता
काठमाडौं– सिद्धार्थ बैंक र दूसित् प्रिन्सेस् काठमाडौंबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले काठमाडौंको लाजिम्पाटस्थित दूसित् प्रिन्सेस्का विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो ।
बैंकको कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
यस सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।