सामसङ भारतकै विश्वासिलो ब्रान्ड «

सामसङ भारतकै विश्वासिलो ब्रान्ड

टिकाउ उपभोग्य सामान उत्पादनको दृष्टिकोणबाट दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्स लगातार दोस्रो वर्षमा भारतकै विश्वासिलो ब्रान्ड भएको हालैको सर्भेले देखाएको छ ।
सामसङपछिको स्थानमा एलजी इलेक्ट्रोनिक्स रहेको ब्रान्ड इक्विटीले हालै सार्वजनिक गरेको वर्गीकरणले देखाएको छ ।
भारतको उषा उपभोग्य टिकाउ वृत्तमा तेस्रो स्थानमा परेको छ । अमेरिकी एप्लायन्स कम्पनी ह्विलपुल आठौं स्थानमा कायम भएको छ ।
सूचीलाई अन्तिम रूप दिनुपूर्व ब्रान्ड इक्विटीले बिक्री, सामाजिक लोकप्रियता र मिडियाको भिजिबिलिटी तथ्यांक प्रयोग गरी विजेताको घोषणा गरेको हो ।
यो सर्भे भारतका १२ सहरका ६ हजार ५९ सहभागीमाझ सञ्चालन गरिएको थियो । यसमा भारतको वित्तीय राजधानी मुम्बई पनि समावेश छ । ब्रान्ड इक्विटीका अनुसार कुल ३ सय ४२ ब्रान्डको समीक्षा गरिएको छ ।
बेलायती कर्पोरेट मूल्यांकन र रणनीतिक परामर्शदाता ब्रान्ड फाइनान्सले यसै महिनाको सुरुमा सामसङ इलेक्ट्रोनिक्सको ब्रान्ड मूल्यमा गत वर्षको तुलनामा यो वर्ष ३९ प्रतिशतले वृद्धि भर्ई ९२.३ अर्ब डलर कायम भएको छ । सामसङ एसियाकै सर्वाधिक मूल्यवान् ब्रान्ड भएको छ ।

प्रतिक्रिया दिनुहोस्