फिनल्यान्डका उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह «

फिनल्यान्डका उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले फिनल्यान्डका उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्स, मिनिस्ट्री अफ फरेन अफेयर्स अफ फिनल्यान्ड र फिनपार्टनरसिपको संयुक्त आयोजनामा ‘डुइङ बिजनेस विथ फिनल्यान्ड’ विषयक गोष्ठीमा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले मुलुकमा हाल आर्थिक विकासको गतिका लागि ‘सुखी नेपाल, समृद्ध नेपाली’ को नारा पूरा गराउन लागिरहेको परिप्रेक्षमा सरकारी, निजी क्षेत्र र आम जनसमुदाएको एकीकृत प्रयासबाट मात्र सो लक्ष्य हासिल गर्न सकिने बताए ।
सन् २०३० सम्म मध्यम आय भएको विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन नेपालले फिनल्यान्डसँग व्यापार, लगानी, पर्यटन प्रबद्र्धनमा जोड दिएको र निजी क्षेत्र तथा नेपाल भ्रमणमा रहेका फिनल्यान्डका व्यावसायिक समस्यामा समाधन गरी अनुकूल वातावरण बनाउन तैयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा नेपालका लागि फिनल्यान्डका राजदूत पेर्र्टी एन्टिननले चेम्बरसँगको सहकार्यमा दोस्रो पटक यस किसिमको व्यापारिक प्रतिनिधिमण्डलको भेटघाटले युरोपियन समुदायले प्रदान गरेको एभ्रिथिङ वट आर्म (ईबीए) को सुविधाप्राप्त गर्न सहज हुने बताए । उनले नेपाल फिनल्यान्डबाट बढी दरखस्त आह्वान गरी नेपाली उद्यमी व्यवसायीहरू लाभान्वित हुने अवसर यस किसिमको प्रतिनिधिमण्डलको भ्रमणबाट हुने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा प्रतिनिधिमण्डलका प्रमुख तथा फिन पार्टनरसिपका कार्यक्रम निर्देशक बिग्रिट नेभ्लाले फिनपार्टनरसिप र फिनल्यान्बाट उपलब्ध गराउन सकिने सुविधा सहुलियतका बारेमा विस्तृत प्रस्तुतीकरण गरेका थिए । उनले दिगो विकास, खाद्य सुरक्षा, सरकारी शिक्षा, सूचनाप्रविधि र सञ्चार (आईसिटी) कन्टेनर विञ्डिङ आदिमा नेपाललाई सहयोग र व्यवसाय गर्न सकिने बताए । नेपालमा पर्यटन प्रबद्र्धनका लागि समेत फिनल्यान्डबाट उल्लेख्य पर्यटक आउन सक्ने सम्भावना रहेको उनले बताए ।
५५ करोड युरोको बास्केट फन्डबाट प्रक्रिया पु¥याई नेपालका उद्योगी व्यवसायीहरूले फाइदा लिन सक्ने उनले बताए । कार्यक्रममा प्रतिनिधिमण्डललाई स्वागत राख्दै नेपाल चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले नेपाल र फिनल्यान्डबीच व्यापार र लगानीको संख्या ज्यादै न्यून रहेको बताउँदै कृषि, इलोक्ट्रोनिक्स, वनजन्य र पर्यटन प्रवद्र्धनमा उल्लेख्य विकास गर्न सकिने संभावना रहेको बताए ।
उनले पर्वतारोहीहरू नेपालका राजदूत हुने हुँदा फिनल्यान्डमा प्रथम पर्वतारोही भिक्का गुसटाफसनको स्मरण गर्दै सन् २०२० मा नेपाल भ्रमण वर्षको अवसरमा नेपालमा फिनल्यान्डबाट उल्लेख्य पर्यटक भित्रिन सक्ने संभावना पनि व्यक्त गरे ।
यस्तै, चेम्बरका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका अध्यक्ष नरेश श्रेष्ठले करिब ३ महिना मात्र पर्यटन मौसम हुने फिनल्यान्डबाट बाह्ै महिना पर्यटक भित्र्याउन सक्ने नेपालको संभाव्यताको भरपूर प्रयोग गर्नुपर्ने बताए ।
सन् २०१८ मा नेपालको फिनल्याण्ड सँगको व्यापारघाटा १७ करोड ९० लाख अमेरिकी डलरबराबर छ । जसमा आयात १९ करोड ८० लाख अमेरिकी डलर र निर्यात केवल ९ लाख अमेरिकी डलर मात्र रहेको व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्