हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण
काठमाडौं– हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालमध्ये बनेपा शाखा–२ लाई स्थानान्तरण गरेको छ ।
जसअनुसार नयाँ शाखाका रुपमा पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ ।
बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बंैकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, बंैकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरे ।