गरिमा विकास बैंकको रक्तदान कार्यक्रम «

गरिमा विकास बैंकको रक्तदान कार्यक्रम

गरिमा विकास बैंकले आफ्नो स्थापनाको १२ औं बर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा २०७६ मंसिर ७ गते शनिबार देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विकास बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरू स्याङ्जाको वालिङ, रुपन्देहीको बुटवल, म्याग्दीको बेनी, चितवनको नारायणगढ, झापाको बिर्तामोड र दमक, सुनसरीको धरान, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त स्थानहरूमा भएको रक्तदान कार्यक्रबाट ५ सय युनिटभन्दा बढी रगत संकलन भएको छ । विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गर्दै आइरहेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौंमा १० वटा शाखासहित देशभर ९० शाखा र ४९ वटा एटीएम सञ्चालनमा छन् । २०७६ मंसिर ६ गतेसम्म विकास बैंकले करिब ३६ अर्ब निक्षेप संकलन गरी ३२ अर्ब कर्जा लगानी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्