सातामा १ अर्ब ५७ करोड रुपैँयाको सेयर कारोबार «

सातामा १ अर्ब ५७ करोड रुपैँयाको सेयर कारोबार

साताभर नै धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कुल १ सय ६७ कम्पनीको ५५ लाख २० हजार ८ सय २२ कित्ता सेयर १ अर्ब ५७ करोड २८ लाख ७३ हजार ४ सय ९५ रुपैयाँमा खरिद बिक्री भए ।
बजार उतार चढावपूर्ण रहँदा कारोबार रकमसमेत प्रभावित भए । साताको पहिलो दिन नै धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५९ विन्दुले घटेर एक हजार १३१.३६ विन्दुमा झ¥यो । पहिलो दिन नेप्से आरोलो लागे पनि कारोबार रकममा भने वृद्धि भयो । कुल १ सय ६३ कम्पनीको ११ लाख ६७ हजार ६ सय ५ कित्ता सेयर ३५ करोड ५१ लाख ५९ हजार ७ सय ६८ रुपैयाँमा खरिद बिक्री भए ।
दोस्रो दिन सोमबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घट्यो । सो दिन नेप्से ०.२४ विन्दुले घटेर एक हजार १३१.१२ विन्दुमा पुग्यो । कुल १६० कम्पनीका ११ लाख ८८ हजार ८ सय ४५ कित्ता सेयर ३५ करोड ६८ लाख ६१ हजार ८ सय ५७ रुपैयाँमा खरिद बिक्री भए ।
मंगलबार पनि नेप्से परिसूचक ओरालो लाग्यो । सो दिन नेप्से १.१४ विन्दुले घटेर एक हजार १२९.९९ विन्दुमा कायम भयो । कुल १ सय ५३ कम्पनीको १० लाख १६ हजार ४० कित्ता सेयर २५ करोड ९३ लाख ३० हजार ५ सय ९५ रुपैयाँमा खरिद बिक्री भई शीर्षस्थानमा रहे । बुधबार पनि नेप्से ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक १.६५ अंकले घटेर एक हजार १२८.३४ मा पुग्यो । कुल १ सय ६५ कम्पनीका १० लाख ९७ हजार ९२० कित्ता सेयर ३० करोड ३७ लाख २४ हजार २ सय ४ रुपैयाँमा खरिद बिक्री भए ।
साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ७.७४ विन्दुले घटेर एक हजार १२०.६० विन्दुमा पुग्यो । नेप्से ओरालो लागे पनि कारोबार रकम भने औसतमा सीमित भयो । कुल १ सय ६७ कम्पनीको १० लाख ५० हजार ४ सय १२ कित्ता सेयर २९ करोड ७७ लाख ९७ हजार ७१ रुपैयाँमा खरिद बिक्री भए ।

प्रतिक्रिया दिनुहोस्