Logo

अमेरिका कोलोराडो राज्यमा रास्वपाको प्रवास नेपाली सम्पर्क समिति गठन

काठमाडौं- अमेरिका कोलोराडो राज्यमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क समिति गठन भएको छ । बुधबार सम्पन्न भेलाले दीपक सुनुवारको नेतृत्वमा ११ सदस्य प्रवास नेपाली सम्पर्क समिति गठन भएको हो ।

समितिको उपसभापतिमा इन्द्रप्रसाद घिमिरे र सचिवमा लिला बहादुर पाण्डे चयन भएका छन् । यस्तै, सदस्यहरुमा शान्तशोभा रञ्जितकार, सुशीला प्रधान, दीपकजंग थापा, रामबहादुर सुनार, उपेन्द्रराज घिमिरे, श्रवणकुमार शर्मा, रबिन्द्र श्रेष्ठ र सौजन रञ्जितकार चयन भएका छन् ।

६० जना भन्दा बढी उपस्थिति भेला दीपक सुनुवारको अध्यक्षतामा अरोरा हिस्टोरिकल म्युजियम हल कोलोराडोमा सम्पन्न भएको थियो । उक्त भेलालाई पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्रि रवि लामिछाने, पार्टीका उपसभापति एवम् पूर्व श्रम तथा रोजगार मन्त्री डीपी अर्यालले नेपालबाट जूममार्फत सम्बोधन गरेका थिए ।

त्यसैगरी, पार्टीका कावा महामन्त्री तथा संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटी, पूर्वमन्त्री डा. तोसिमा कार्की, पार्टीका गैरआवासीय प्रमुख डा. प्रणय राणाले पनि जूममार्फत आतिथ्यता ग्रहणका साथै शुभकामंना मन्तव्य पनि दिएका थिए । कार्यक्रममा रास्वपा अमेरिका संयोजक रमेश भट्ट र नेताहरु प्रकाश सिलवाल, नरेश क्षेत्री, पदम पन्थीको पनि आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्