Logo

आइ.सि.एफ.सि. फाइनान्सको मेहेन्दी कार्यक्रम

काठमाडाैं- आइ.सि.एफ.सि. फाइनान्सले श्रावण महिनाको पहिलो सोमबार पारी “मेहेन्दीको महिना, माया र सद्भावले लगाऔँ” भन्ने सन्देश सहित आपसी सद्भाव अभिवृद्धी र मेहेन्दीको रंग जस्तै सम्बन्धहरुलाई गाडा र रंगिन बनाउने अभिप्रायले आफ्ना कर्मचारी र ग्राहक तथा अन्य महिला दिदीबहिनी माझ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ ।

फाइनान्सले देशैभरी रहेका विभिन्न २१ वटा शाखाहरुमा उक्त कार्यक्रम सम्पन्न गरेको छ । सबै शाखा कार्यालय परिसरमा संस्थाका ग्राहक महानुभाव लगायत अन्य महिला दिदीबहिनीहरुको उल्लासमय उपस्थितिमा उक्त मेहेन्दी कार्यक्रम सम्पन्न भएको फाइनान्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्