Logo

ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच सम्झौता

काठमाडौं– ग्लोबल आइएमई बैंक र इशान बाल तथा महिला अस्पतालबीच सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन् ।

उक्त अवसरमा अस्पतालका निर्देशक प्रा. डा. रामनन्दन पी. चौधरीको विशेष उपस्थिति रहेको थियो । सम्झौता अनुसार, अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड र बैंकको मोबाइल एप प्रयोगकर्तालाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेेछ ।

अस्पतालले बैंकका ग्राहकलाई शैया शुल्क, विभिन्न सेवाहरु डायगोनेस्टिक, ओपीडीलगायतका साथै आकस्मिक सेवामा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्