भारत लक्षित गर्दै चीनको हवाइ सैन्य अभ्यास «

भारत लक्षित गर्दै चीनको हवाइ सैन्य अभ्यास

नयाँ दिल्ली- सीमामा देखिएको विवादलाई लक्षित गर्दै चीनले हवाइ प्रतिरक्षालाई बलियो बनानएको चीनकमा राज्य स्वामित्वका सञ्चार माध्यमले जनाएका छन् ।
ग्लोबल टाइम्सले जनमुक्ति सेनाको वेबसाइटमा आएको अंग्रेजी भर्सनमा चीनले पश्चिमी क्षेत्रमा हवाई प्रतिक्षालाई बलियो बनाएको कुरा उल्लेख गरेको समाचार प्रकाशित गरेको छ । भारतबाट आउने कुनै पनि चुनौतीको सामना गर्नका लागि देशको हिमाली क्षेत्रको सुदुर पश्चिम सीमामा हवाई सुरक्षा स्थितिलाई बलियो बनाइएको वेबसाईट उद्र्धृत गर्दैै ग्लोबल टाइम्सले जनाएको छ ।
चिनियाँ जे–१० जेट र जे–११ फाइटर जेटले पश्चिमी चीनमा हवाई अभ्यास गरेको देश्य देखिएको लेखमा उल्लेख गरिएको छ ।
परम्परागत रुपमा मनाईदै आएको लुनार नयाँ वर्षको बिदा सुरु हुनु दुई दिन पूर्व अर्थात फेब्रुअरी १३ मा पिपुल्स लिबरेसन आर्मीले अभ्यासको दृश्य सार्वजनिक गरेको थियो ।
“भारतले नयाँ जेटको आयात गरेसँगै चीनले वेस्टर्न थिएटर कमाण्डमा आफ्नो लडाकु जेटलाई लगातार बलियो बनाउदै लैजाने छ,” सैन्य विज्ञ झोङपिङ सोङलाई उद्र्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ ।
दुई देशबीच भारत, चीन र भुटानको सीमानमा पर्ने डोकलामको विषयलाई लिएर गत गृष्मकालिन समयमा भएको क्षेत्रिय विवादपछि आएको यो संकेतलाई महत्वपूर्ण घोषणाको रुपमा हेरिएको विश्लेषकहरुले बताएका छन् ।
सिंगापुरको लि क्वा यू स्कुल अफ पब्लिक पोलिसीमा सेन्टर अन एसिया एन्ड ग्लोबलाइजेसनका निर्देशक कान्ति प्रसाद बाइपाईले उक्त लेखलाई चीनले डोकलामको विवाद सरमाप्त नभइसकेकाले भारत सन्तुस्ट भएर बस्ने अवस्था नरहेको संकेत गर्न खोजेको रुपमा व्याख्या गर्न सकिने बताएका छन् ।
यो भन्दा पहिले पनि चीनको जे–११ फाइटर जेटलाई तीब्बतको क्षेत्रमा प्रयोग गरिदै आएको भारतीय वायु सेनाका अवकासप्राप्त मार्सल एम म्याथेसवारानले बतताए ।“यो भारतले चीनलाई डर देखाएको नभई चीनले भारतलाई डर देखाएको छ,” म्याथेसवारानले बताएका छन् । “भारतसँग चीनलाई तर्साउन सक्ने सेनाको आकार छ जस्तो मलाई लाग्दैन,” उनले बताए ।
जे–११ रुसमा निर्माण भएको भारतको सुखोइ–३० को जवाफ हो । चिनियाँ पक्षले जे–११ लाई ३.५ पुस्ताको जेट भएको बताउदै आएका छन् । यसले भारतको तेस्रो पुस्ताको जेटलाई सजिलै माथ गर्नै सक्ने म्याथेसवाराले बताए ।
यसै महिनाको सुरुमा चीनले आफ्नो नयाँ स्वदेशमै निर्मित गोप्य फाइटर जेटको घोषणा गरेको थियो । यो चौथो पुस्ताको जे–२० जेट लडाइका लागि तयाराा भएको चीनले बताउदै आएको छ ।
अमेरिकी एपफ–२२ र एफ–३५ गोप्य फाइटर जेटको प्रतिरकारमा जे–२० चीनले ल्याएको छ । यसले समग्र लडाइ गर्ने क्षमतामा सुधार गर्ने बताइएको छ ।भारतको विदेश मामिला मन्त्रालयले यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । चिनियाँ सरकारकोतर्फबाट आउने आधिकारिक विज्ञप्तिप्रति मात्रै टिप्पणी गर्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्