Logo

सिटिजन शुभारम्भ जीवन बिमा योजना सफल

ग्राहकको सुरक्षा र निश्चिन्तताको लागिनवीनतम जीवनबिमा योजनाहरु पस्किनेक्रममा सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हालसालै प्रचलनमा ल्याएको सिटिजन शुभारम्भ जीवनबिमायोजनाले प्रचलनमाआएको केहीदिनमै नेपालीहरुको मन जित्न सफल भएको जनाएको छ । कात्तिक २१ गते एक विशेष कार्यक्रमको आयोजना गरी व्यवसायिक शुरुवातगरिएको उक्तबिमा योजनामा हालसम्म ३ हजारभन्दा बढी बीमितहरु आवद्ध भएका छन् भन्दै कम्पनीले बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि १० हजारको न्यूनतम बिमांक रकममा बिमागर्न सकिने यस बिमा योजनाले बिमा अवधिभर जोखिम बहन गरी बीमितहरुलाई आर्थिक सुरक्षा प्रदान गर्ने जनाउको छ । यस योजनामार्फत बीमितले साधारण मृत्युमा बिमांकको डबल रकम एवम् दुर्घटना मृत्युमाबिमांकको तीन गुणा तथा नियमानुसारको बोनस रकमप्राप्तगर्न सक्नेछन् । यसका साथै स्थायी पूर्ण अशक्ततालाभ, बिमाशुल्क छुट लाभ, मासिकआयलाभ, काजक्रियाखर्च सुविधा र ५० लाखसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामाउपलब्ध रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्