सिटिजन्स बैंक र मर्सी सिटी अस्पतालबीच सम्झौता
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलस्थित मर्सी सिटी अस्पतालबीच सम्झौता भएको छ । सो सम्झौतासँगै बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले मर्सी सिटी अस्पतालमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीका लागि प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको दावी गरेको छ ।