नगेन्द्रले जिते एनसेलको डिस्कभर बाइक
काठमाडौं– एनसेलले सञ्चालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना अन्तर्गत झापाको झापा गाउँपालिका–५, पन्थपाडाका नगेन्द्रप्रसाद गणेशले बजाज डिस्कभर बाइक जितेका छन् ।
कम्पनीले आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप देशभरका खुद्रा बिक्रेता प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरेको थियो । बिहीबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा कोसी प्रदेशका लागि एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले नगेन्द्रलाई १२५ सीसीको बजाज डिस्कभर मोटरसाइकल हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा सहभागी भएका खुद्रा बिक्रेताले सीम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए । यसरी आर्जन गरिएको प्वाइन्टका आधारमा उनीहरुले ६५ इन्चसम्मका स्मार्ट टिभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकर उपहार पाएका छन् । कार्यक्रमअन्तर्गत देशभरबाट ११ सय जना खुद्रा बिक्रेताले विभिन्न उपहार पाएको कम्पनीले जानकारी दिएको छ ।
एनसेलले आफ्ना च्यानल साझेदारको अमूल्य योगदानको कदर गर्ने र उनीहरूको व्यावसायिक सफलतालाई सहयोग प्रदान गर्न कम्पनी समर्पित रहेको जनाएको छ । साथै एनसेलले आफ्नो साझेदारी सुदृढ गर्ने, पारस्परिक समृद्धिका लागि काम गर्ने र ग्राहकलाई निरन्तर गुणस्तरिय सेवा प्रदान गर्दै सधैं अन रहन मद्दत गर्ने लक्ष्यका साथ कार्य गरिरहेको जनाएको छ ।