Logo

मुक्तिनाथ विकास बैंकले सुरू गर्‍यो अन्तर्राष्ट्रिय भुक्तानी

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुचारु गरेको छ । बैंकले फोन–पे संगको सहकार्यमा यो सेवा सुरु गरेको हो ।

यो सेवा सुचारु पश्चात भारतिय ग्राहकहरुले भिम र फोन–पे लगाएतका भारतिय भुक्तानी सेवा प्रदायकको माध्यमबाट मुक्तिनाथ बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ ।

यस प्रकारको सेवाहरुले भारतिय पर्यटकलाई नगद बोक्ने झनझट नभई नेपाल र भारत बिचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वर्पूण भुमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्