Logo

नेपाल एसबिआई बैंकको एक्सटेन्स्न काउन्टर कञ्चनपुर भन्सार कार्यालयमा

काठमाडौं– नेपाल एसबिआई बैंकले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल र बैंक तथा भन्सार कार्यालयका पदाधिकारीको उपस्थिति थियो ।

उक्त एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीलाई वित्तीय/भन्सार सम्बन्धी बैंकिङ सेवा सुव्यवस्थित गर्ने लक्ष्य राखेको बैंकको भनाइ छ । यस्तै बैंकले भीमदत्त नगरपालिका–५ क्याम्पस रोडमा अवस्थित महेन्द्रनगर शाखा सोही नगरपालिका–४ स्थित ४ नम्बर गल्लीमा स्थानान्तरण गरी सेवा सुभारम्भ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्