कारोबारकर्मी निरौला सम्मानित
झापा– कारोबार आर्थिक दैनिकका झापा संवाददाता सम्मानित भएका छन् । साहित्य चौतारी, झापाको रजत वर्ष महोत्सव तुलसीप्रसाद निरौलालाई सम्मान गरिएको हो ।
२११औं भानु जयन्तीको अवसर पारेर बिर्तामोडमा आयोजित कार्यक्रममा निरौलालाई साहित्य चौतारी झापाका तत्कालिन सचिव डिकमान विरहीको स्मृतिमा स्थापना गरिएको स्व.डिकमान विरही स्मृति साहित्य चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । पत्रकारिताको माध्यमद्वारा साहित्य, संगीत र कलाको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै निरौलालाई सम्मान गरिएको साहित्य चौतारी, झापाका संस्थापक अध्यक्ष देवीभक्त श्रेष्ठले बताए ।
साहित्य चौतारी, झापाका संस्थापक अध्यक्ष श्रेष्ठ, संस्थापक, संरक्षक तथा वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली ‘कलाङ’ लगायतले निरौलालाई सम्मान पत्रसहित नगद पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका थिए । विगत दुई दशकदेखि पत्रकारितामा आवद्ध निरौला स्थानीय बिर्ताज्योति साप्ताहिकका सम्पादक समेत रहेका छन् ।