ग्यालेक्सी एस–९ र एस–९ प्लसका मूल्य चुहावट

नयाँ दिल्ली-बजारमा आउन लागेको सामसङको फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी एस–९ र ग्यालेक्सी एस–९ प्लसका बारेमा लगभग सबै कुरा बाहिर सार्वजनिक भइसकेको छ । यसको ढाँचादेखि लिएर विशेषता सबै कुरा अब कल्पनाको विषय भएको छैन । गोप्य सूचना चुहावट गर्नेले ग्यालेक्सी एस–९ र ग्यालेक्सी एस–९ प्लसको मूल्य पनि हाल वेबमा चुहाइसकेको छ । यसले खरिदकर्तालाई यो संयन्त्र खरिदका लागि कति पैसाको जोहो गर्नुपर्छ भन्ने विषयको पनि निक्र्योल भइसकेको छ ।
गोप्य सूचना चुहावट गर्नेले सामसङ ग्यालेक्सी एस–९ (६४ जीबी) र ग्यालेक्सी एस–९ प्लसको मूल्य नर्वेमा क्रमशः ८ हजार ७ सय ९० एनओके (७२ हजार ८ सय भारु) र ९ हजार ७ सय ९० एनओके (८१ हजार १ सय भारु) पर्ने जनाएको छ । यो मूल्य ग्यालेक्सी एस–८ र ग्यालेक्सी एस–८ प्ल्सको मूल्यभन्दा क्रमशः १ हजार २ सय एनओके र १ हजार ३ सय एनओकेले बढी हो ।