Logo

यस्ता हुँदैछन् २२ मन्त्रीहरु (नामावलीसहित)

काठमाडौं- नेकपा (एमाले) र नेपाली कांग्रेसबाट मन्त्रीहरुको नाम टुंगो लागेको छ । केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने २१ जना मन्त्रीको नाम टुंगिएको हो । कांग्रेसले १०, एमालेले ८, जसपाले २, लोसपाले १ मन्त्रीको नाम टुंगो लगाएसँगै नवनियुक्त प्रधानमन्त्री ओली र केही मन्त्रीहरूको शपथ भइसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कांग्रेसले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू सरकारमा पठाउने भएको छ । सिंह उपप्रधान तथा सहरी विकास मन्त्री हुनेछन् । साथै गृहमन्त्रीमा रमेश लेखक, आरजु राणाा देउवा परराष्ट्र, तेजुलाल चौधरी युवा, अजय चौरसिया कानुन, दीपक खड्का ऊर्जा, ऐनबहादुर शाही वन, प्रदीप पौडेल स्वास्थ्य, रामनाथ अधिकारी कृषि र बद्री पाण्डे पर्यटन मन्त्री बन्ने भएका छन् ।

एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ सञ्चार, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, विद्या भट्टराईले शिक्षा, मानवीर राई रक्षा, राजकुमार गुप्ता संघीय मामिला, देवेन्द्र दाहाल भौतिक मन्त्री बन्ने भएका छन् । यस्तै लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् । जनता समाजवादीका प्रदीप यादव खानेपानी र नवलकिशोर साह महिला तथा बालबालिका मन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्