ईसेवा मनि ट्रान्सफरमार्फत विदेशबाट पैसा पठाउँदा घर पाइने
काठमाडौं– ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको मेरो डिजिटल देश अभियान अन्तर्गत विदेशबाट इसेवा वालेटमा पैसा पठाउँदा काठमाडैंमा जित्ने घर (बम्पर उपहार) सार्वजनिक गरेको छ । २०८० असोज १ गतेबाट सुरु गरिएको यो योजना २०८१ कात्तिक ३० सम्म थप गरिएको छ । ईसेवा मनि ट्रान्सफरले २ वर्ष अघि डिजिटल कारोबार प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ मेरो डिजिटल देश अभियानको सुरुवात गरेको थियो ।
नेपाल सरकारको ‘डिजिटल नेपाल’ को अवधारणालाई मुर्त रुप दिन सहयोग गर्ने, परम्परागत शैलीको विप्रेषण कारोबार तथा नगद प्रकृतिको कारोबारलाई डिजिटलिकरणमा रुपान्तरणका लागि यो अभियान सुरु गरिएको बताइएको छ । जस अन्तर्गत पूर्णबहादुर श्रेष्ठ पहिलो वर्षको विजेता भई काठमाडौंमा घर जित्न सफल भएका थिए । अभियानले विदेशमा रहेका नेपालीहरुमा डिजिटल साक्षरता र सशक्तिकरणको प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको तथ्यलाई मध्यनजर गर्दै पुनः एक पटक ईसेवा मनि ट्रान्सफरले १० महिना अघि अभियानलाई निरन्तरता दिइएको बताइएको छ ।
कम्पनीले हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई प्रदान गरिने घर सार्वजनिक गरेको छ । विदेशबाट इच्छाएको व्यक्तिको इसेवा वालेटमा रकम पठाउने व्यक्तिमध्येबाट गोला प्रथाद्वारा एक जनालाई कम्पनीले ललितपुरमहानगरपालिका–३ इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर प्रदान गर्ने कम्पनीको भनाइ छ ।