Logo

वाणिज्य बैंकले ११ महिनामा कमाए साढे ५६ अर्ब

काठमाडौं– वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ११ महिनासम्ममा करिब साढे ५६ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । राष्ट्र बैंकका अनुसार चालु आवको जेठसम्ममा २० वाणिज्य बैंकले ५६ अर्ब ४५ करोड रुपैयाँ कुल नाफा आर्जन गरेका हुन् ।

चालु आवको जेठ मसान्तसम्म नबिल बैंक नाफा आर्जन गर्नेमा सबैभन्दा अगाडि छ । नबिलले ११ महिनामा ६ अर्ब ३३ करोड खुद नाफा आर्जन गरेको हो । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ५ अर्ब ९ करोड आर्जन गरेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाउँदा प्राइम कमर्सियलले ३ अर्ब ५५ करोड र एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जेठसम्म सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नाफाका आधारमा छैटौं स्थानमा छ । यो बैंकले ३ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । प्रभु बैंकले ३ अर्ब ३ करोड, कृषि विकास बैंकले ३ अर्ब २ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब १ करोड ९० लाख रुपैयाँ नाफा कमाएका छन् । समग्रमा ९ वाणिज्य बैंकले ३ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् ।

दुई अर्ब रुपैयाँभन्दा बढी र तीन अर्बभन्दा कम नाफा कमाउने ५ वटा वाणिज्य बैंक छन् । यस अवधिमा एनएमबि बैंकले २ अर्ब ७७ करोड खुद नाफा कमाउँदा हिमालयन बैंकले २ अर्ब ७६ करोड, लक्ष्मी सनराइजले २ अर्ब ३७ करोड, सिद्धार्थ बैंकले २ अर्ब २७ करोड र एनआईसी एशिया बैंकले २ अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

साउनदेखि जेठ मसान्तसम्ममा ६ वाणिज्य बैंकको दुई अर्बभन्दा कम नाफा छ । सिटिजन बैंकले १ अर्ब ७५ करोड नाफा कमाउँदा सानिमाले १ अर्ब ७४ करोड कमाएको छ । यस्तै कुमारी बैंकको १ अर्ब ६७ करोड, नेपाल एसबिआई बैंकको १ अर्ब ६६ करोड, माछापुच्छे बैंकको १ अर्ब २८ करोड रुपैयाँ नाफा देखिन्छ । नेपाल बैंकले सबैभन्दा कम १ अर्ब ७ करोड नाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्