सीजीले ल्यायो नथिङको सीएमएफ फोन
काठमाडौं– सीजी मोबाइल्सलले नेपालमा नथिङ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गरेको छ । जसमा नथिङ सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २ र सीएमएफ वाच प्रो २ रहेको छ । कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यी नयाँ उत्पादन सार्वजनिक गरेको हो ।
सीएमएफ फोन १ मा मिडियाटेक डाइमेन्सिटी ७३०० फाईभजी चिप छ । फोनमा ५० मेगापिक्सेलको मुख्य र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । आठ जीबी र्यामलाई आठ जीबी बढाएर १६ जीबी पुर्याउन सकिन्छ । फोनको स्टोरेज दुई टेरबाइटसम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।
फोनमा १२० हर्जको रिफ्रेश रेट र दुई हजार निट्सको पिक ब्राइटेनेस छ । नथिङको सीएमएफ फोन १ मा पाँच हजार एमएएच ब्याट्री छ । यस्तै, सीजीले नथिङ फोनको नेपाल ब्रान्ड एम्बेसडरमा प्रदीप खड्कालाई नियुक्त गरेको छ । कार्यक्रममा सीजीका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले नेपालमा नाथिङ र सीएमएफ सार्वजनिक गर्न पाएकोमा खुसी व्यक्त गरे ।
उनले भारतमा केही अघि ४५ मिनेटमा ४५ हजार सेल भएको बताउँदै नेपालमा पनि आजैदेखि फोन देशभर उपलब्ध हुने बताए । सीएमएफ फोन १ को आठ जीबी ¥याम र १२८ जीबी भेरियन्टको मूल्य ४५ हजार ९९९ छ । १२ जीबी ¥याम र २२८ जीबी भेरियन्टको मूल्य ४१ हजार ४९९ रुपैयाँ छ ।