Logo

विज्ञापन बोर्ड र आनको संयुक्त कार्यशाला गोष्ठी

काठमाडौं– नेपाल विज्ञापन बोर्ड र नेपाल विज्ञापन संघ (आन) को संयुक्त आयोजनामा कार्यशाला गोष्ठीको आयोजना गरिएको छ ।

कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, अन्तर्राष्ट्रिय प्रशिक्षक भरत अभालानी तथा स्थानीय सहजकर्ता एवं विज्ञ रन्जितराज आचार्य, दिपेन्द्र टण्डन र उजय शाक्यले कार्यक्रममा सहभागीलाई विभिन्न विषयवस्तु विज्ञापन, ब्राण्ड र मार्केटिङलगायतका विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार तथा आन अध्यक्ष सुदिप थापाले सहभागीले कार्यशलाबाट सिकेका कुरालाई व्यावसायिक क्षेत्रमा लागु गर्न आग्रह गरे । सो कार्यशालामा विज्ञापन एजेन्सी तथा सञ्चार माध्यमका विभिन्न प्रतिनिधि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्