क्रेस्ट माइक्रो लाइफको जीवन बीमा योजना
काठमाडौं– क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले लघु बीमाको लक्षित वर्ग गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायका इच्छा, चाहना सम्बोधन गरी बीमाको पहुँच विस्तार गर्न सो योजना ल्याएको जनाएको छ ।
आर्थिक सुरक्षा र सुरक्षणका लागि समृद्धि लघु जीवन बीमा योजनामा सहभागी हुन १८ वर्षदेखि ६० वर्षसम्म रहेको बताइएको छ । त्यसैगरी बीमा अवधि न्यूनतम ५ देखि २० वर्षसम्मको रहेको र बीमांक रकम न्यूनतम १० हजारबाट बीमालेख लिन सकिने प्रावधान रहेको छ ।
न्यून बीमाशुल्क रकम, सर्वोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषतायुक्त योजना दुर दराजसम्म बीमा साक्षरता अभिवृद्धिमा भूमिका खेल्ने विस्वास लिएको कम्पनीले जनाएको छ ।