राष्ट्रिय जनगणना-२०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक
काठमाडौं- राष्ट्रिय जनगणना-२०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक भएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमा २०७५ सालदेखि राष्ट्रिय तथ्यांक कार्यालयले गरेका हरेक क्रियाकलापहरु समावेश गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले बताए ।
बाटो बनाउने मात्रै, बिल्डिङ बनाउने मात्रै, घर बनाउने मात्रै पुँजी नभएको भन्दै तथ्यांकलाई पुँजीको हिसाबले लिनुपर्ने बताए । उनले तथ्यांक राष्ट्रको सम्पत्ति भएकाले तथ्यांकको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले तथ्यांक कहिल्यै पनि पुरानो नहुने भन्दै तथ्यांकलाई प्रयोग गर्दै जानुपर्ने बताए ।
उनले संस्मरण पुस्तक भविष्यमा नयाँ पुस्तका लागि विस्तृतिकरण गर्न, लागत अनुमान गर्न, बजेट अनुमान गर्न आवश्यक हुने बताए । उनले पुस्तकमा जनगणना गर्ने क्रममा कस्ता जोखिम आए र व्यहोर्नुपर्यो एवं आगामी दिनमा जनगणना र सर्वेक्षणलाई पनि पुस्तकले दिशा निर्देश गर्ने बताए ।