Logo

विज्ञानमा उत्कृष्ट ग्लोबल कलेज

काठमाडौं– धेरै बालबालिकालाई भविष्यमा के बन्ने भनेर सोध्दा सबैजसोको उत्तर हुन्छ– डाक्टर, इन्जिनियर, पाइलट । तर कुन विषय पढ्दा आफ्नो लक्ष्य भेट्टाउन सकिन्छ भन्ने अन्योलता भने विद्यार्थी र अभिभावकमा हुन्छ ।

करियर काउन्सिलिङ नपाउँदा अधिकाँश विद्यार्थीलाई विषय छनोटमै समस्या हुने गर्छ । अब के पढ्ने ? पढेपछि के बन्ने ? के कस्ता अवसर हुन्छन् ? विषय छनोट कसरी गर्ने ? अहिले आएर भने विश्व बजारमा प्रतिस्पर्धात्मक जनशक्ति कसरी बनाउने भन्ने विषयमा विद्यार्थी र शैक्षिक संस्था दुवै जागरुक भएको पाइन्छ ।

ग्लोबल स्कुल अफ साइन्स नै किन ?
एसईईमा राम्रो जीपीए आएको छ र विज्ञान पढ्ने रुची छ भने त्यस्ता विद्यार्थीका लागि ग्लोबल स्कुल अफ साइन्स उपयुक्त गन्तव्य बन्न सक्छ । सन् २०१९ मा स्थापना भएको यो कलेजले स्थापनाको छोटो समयमा नै मेडिकल, इन्जिनियरिङ र आईटी क्षेत्रमा अब्बल विद्यार्थी उत्पादन गर्न सफल भएको छ । ग्लोबल स्कुल अफ साइन्सले आफूलाई मेडिकल र इन्जिनियरिङ विद्यार्थी उत्पादनको हबका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

सोहीअनुसार यहाँ कक्षा ११ मा भर्ना भएको दुई महिनादेखि हरेक सोमबार र बिहीबार कलेजभित्रै मेडिकल तथा इन्जिनियरिङको तयारी कक्षासमेत सञ्चालन हुन्छ । मेडिकल र इन्जिनियरिङ क्षेत्रलाई आफ्नो लक्ष्य बनाएका विद्यार्थीका लागि यो अत्यन्तै उपयोगीसिद्ध भइसकेको छ । ग्लोबल स्कुल अफ साइन्समा विद्यार्थी भर्ना भएपछि उनीहरूको दुई वर्षे पढाइको सम्पूर्ण जिम्मा कलेजले लिन्छ र हालसम्म यहाँबाट शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएको कलेजका प्रोग्राम डाइरेक्टर गोकुलदेव बडु बताउँछन् ।

उनका अनुसार गत वर्ष देशभर विज्ञान संकायमा देशभरिबाट ४७ जनाले ४ जीपीए ल्याएकोमा ग्लोबल कलेज अफ साइन्सबाट मात्रै ६ जना थिए । यो निकै ठूलो उपलब्धी हो । ग्लोबल स्कुल अफ साइन्सले कक्षा ११ मा विद्यार्थी भर्ना भएर नियमित कक्षा सुरु भएपछि हरेक आइतबार अघिल्लो साताभरि अध्ययन अध्यापन गरेका विषयको परीक्षा साप्ताहिक रूपमा सञ्चालन गर्छ र हरेक बुधबार यसको नतिजा आउँछ । नतिजा उनीहरूका अभिभावकलाई समेत दिइन्छ ।

यसरी एक महिनासम्म चार पटक नियमित परीक्षा लिएपछि विद्यार्थीको शैक्षिक अवस्था कस्तो छ ? पढाएको बुझ्छ वा बुझ्दैन ? पढाइलेखाइको स्तर कस्तो छ ? भन्ने जानकारी हुन्छ । महिनाको अन्त्यमा हरेक अभिभावकलाई महिनामा कति परीक्षा भए ? कति अंक ल्याएको छ ? कलेजमा कति दिन उपस्थित भएको छ ? विद्यार्थीको व्यवहार कस्तो छ ? गृहकार्य समयमा गरेको छ कि छैन ? जस्ता कुराहरू रिपोर्ट बनाएर अभिभावकलाई दिइन्छ । ग्लोबल स्कुल अफ साइन्स पछिल्लो समय विद्यार्थीमात्रै नभएर शिक्षकको पनि रोजाइको स्कुल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्