प्रविधिमैत्री र सर्वाङ्गीण शिक्षाको पर्याय युनिग्लोब
काठमाडौं– शिक्षाले सत्यलाई स्वीकार्ने मात्र होइन कि सत्यमाथि शंका गर्नसक्ने उच्च चेतनाको निर्माण गर्न सक्नुपर्छ भन्ने मान्यताबाट निर्देशित युनिग्लोब कलेज काठमाडौंको कमलादीमा अवस्थित छ । विगत एक दशकदेखि निरन्तर विद्यार्थीको शिक्षण सिकाइमा समर्पित यस विद्यालयमा विज्ञान, व्यवस्थापन र कानुन गरी तीन स्ट्रिममा पढाइ हुँदै आएको छ ।
यो शैक्षिक संस्थाले पछिल्लो समयमा मेडिकल, इन्जिनियरिङ, आईटी तथा विभिन्न व्यवस्थापकीय क्षेत्रमा उत्कृष्ट तथा प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्दै नेपालको शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याउन सफल भएको छ । कुनै पनि विद्यार्थीले त्यतिबेलासम्म आफूलाई शिक्षण सिकाइ क्रियाकलापमा केन्द्रित गर्न सक्दैन, जतिबेलासम्म उसको सबैभन्दा प्रियस्थलका रूपमा विद्यालय बन्न सक्दैन ।
यस मान्यतालाई आत्मसात् गर्दै विद्यार्थीमैत्री वातावरणमा विद्यार्थी केन्द्रित शिक्षण सिकाइमा सदैव यस विद्यालयले आफूलाई अघि बढाउँदै आएको छ । जसले गर्दा नै आमअभिभावक र विद्यार्थीको विश्वास जितेर आशा र भरोसाको केन्द्र बन्दै कक्षा ११/१२ मा उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विद्यालयले आफूलाई स्थापित गर्न सफल भएको विद्यालयका प्राचार्य डा. गणेश रेग्मी बताउँछन् ।
युनिग्लोब कलेजले आफूलाई एउटा ‘विस्तारित पुस्तकालय’ का रूपमा स्थापित गरेको छ । यस कलेजमा विद्यार्थीले कक्षा कोठाको औपचारिक पठनपाठनको क्रियाकलापमा मात्र नभएर कक्षा कोठा बाहिरको अनौपचारिक पठनपाठनको क्रियाकलापमा पनि आफूलाई केन्द्रित गराएका दृश्य पर्याप्त मात्रामा देख्न सन्ने प्राचार्य रेग्मी बताउँछन् ।
विद्यार्थीको शैक्षणिक विकासका निम्ति जिरो आवरको समय छुट्याइएको यस कलेजमा विद्यार्थीले उक्त समयको भरपुर सदुपयोग गर्ने गर्दछन् । विद्यार्थी र शिक्षकको बीचमा भएको हार्दिकतापूर्ण सम्बन्ध तथा विद्यार्थीमैत्री वातावरणका कारण शिक्षण सिकाइ क्रियाकलाप अत्यन्त सहजतापूर्वक अगाडि बढ्न सकेको कुरा यसै विद्यालयका विद्यार्थी बताउने गर्छन् ।
विद्यार्थीको मनोविज्ञान बुझेर अध्ययन अध्यापन कार्यलाई निरन्तर अघि बढाउने देशकै दक्ष तथा योग्य शिक्षकवर्ग यस विद्यालयको सम्पत्ति रहेको कुरा यस विद्यालयका प्राचार्य डा. गणेश रेग्मी बताउँछन् । यसका साथै मनोवैज्ञानिक परमर्शदाताको व्यवस्थासमेत विद्यालयले गरेको छ । जसका माध्यमबाट मानसिकतामा परिवर्तन ल्याई विद्यार्थीलाई आफ्नो शिक्षण सिकाइ क्रियाकलापमा आबद्ध गराउन विद्यालय प्रतिबद्ध रहेको छ ।