छोटो इतिहासको सर्ट भिडियो सेयरिङ
नेपालमा प्रचण्ड सरकारले सामाजिक सद्भाव भड्काएको भन्दै ‘टिकटक’ बन्द गराइसकेको छ । टिकटकमा सामाजिक सद्भाव भड्काउने खालका सामग्री मात्र आउँदेनथे; मनोरञ्जन, शिक्षामूलक तथा सूचनामूलक सामग्री र व्यवसायको प्रचार सबै आउने गरेका थिए । तर पनि कुनै एक व्यक्तिले बनाएको एकल सामग्रीलाई आधार बनाएर यसले सामाजिक सद्भाव भड्काएको भन्दै प्रधानमन्त्री प्रचण्डले टिकटक बन्द गराएरै छोडे ।
भनिन्छ, बाढी आएपछि एक ठाउँमा थुन्यो भने अर्को ठाउँबाट निकास निस्किन्छ । त्यस्तै अन्य सर्ट भिडियो सेयरिङ, फेसबुकको रिल, लाइकी र युट्युबको सर्ट भिडियोमार्फत नेपाली मात्रै होइन, विदेशीले पनि आफ्ना इच्छाअनुसारको सामग्री राखेर सर्ट भिडियो बनाउन थालेका छन् । अब यहाँ कुरो आउँछ, सर्ट भिडियो भनेको के हो ? छोटो अवधिको सामग्री बनाएर स्मार्टफोनको माध्यमबाट सेयर गर्ने सामग्रीहरू नै सर्ट भिडियो सेयरिङ हो ।
यस्ता किसिमका छोटा सामग्री (टिकटक, इन्स्टाग्राम रिल्स, युट्युब सट्र्स) इन्टरनेटमा आँधीको रूपमा देखा परेका छन् । यी सामग्री कसरी सुरु भए त ? पहिलो यी सामग्री सन् २००० को दशकमा सुरु भएका थिए । अहिलेको भिडियो बजारीकरणको धरातलमा यस किसिमका भिडियो सेयरिङ माध्यमहरू थोरै भएको निश्चित पनि हो । पछिल्ला वर्षहरूमा छोटा सामग्री सामाजिक सञ्जालमा प्रशस्त छन् । हातमा स्मार्टफोन राखेर वाइफाइ वा डाटा खोल्नुस् । त्यसपछि इन्स्टाग्राम र फेसबुक खोल्नुस्, सम्भवतः विभिन्न विषयवस्तुका भिडियोको बाढी नै आउँछ ।
कतिले त रेडियो, टिभी, अखबार र अनलाइन न्युज पोर्टलमा विज्ञापन नराखी यस्तै सर्ट भिडियो बनाएर आफ्नो व्यवसायको प्रचारसमेत गर्ने गरेका छन् । यी फम्र्याट हाल साह्रै नै लोकप्रिय भएका छन् । सूचना एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन भिडियो धेरै प्रभावकारी छ भन्ने विषयमा कुनै आश्चर्य छैन । त्यसैले व्यवसाय, ब्रान्ड र व्यक्तिगत सर्जकहरू भिडियो उत्पादन गर्ने मामिलामा दोब्बर भएका छन् । भिडियो विषयवस्तुको अप्रतिस्पर्धी राजा भएको छ । तर, यो रातारात भएको भने पक्कै पनि होइन । यो कसरी सुरु भयो र भिडियो कसरी शीर्ष स्थानमा पुग्यो भन्ने विषय जान्नका लागि सोसल मीडिया इतिहासको विगत दुई दशकलाई हेरौं त ।
२००० को दशकको सर्ट–फर्म भिडियो
सञ्चारको मूलधारकै रूपमा इन्टरनेट व्याप्त भएको पनि लामै समय भइसक्यो । नेपालमै पनि अनलाइनबाट समाचार सामग्री राखेर पस्किन थालेको झन्डै दुई दशक नै भइसक्यो । कुनै समयमा आइपड, कार्गो प्यान्ट्स र सोसल मिडिया भनिने बिलकुल नयाँ अवधारण २००३ मा सुरु भयो । पछि बन्द भएको माइस्पेस पनि देखियो र यसको ६ महिनापछि फेसबुक आयो । यी प्लेटफर्महरूले मानिसको आपसमा कुरा गर्ने शैलीमा परिवर्तन ल्यायो ।
त्यसपछि प्रयोगकर्ताले गीत–संगीतदेखि लिएर पारिवारिक तस्बिर तथा मनोरञ्जनात्मक स्टाटससमेत राख्न थाले । यो एउटा विश्वव्यापी डिजिटल थलोका रूपमा विकसित भयो । २००५ मा रेडिट पनि यो समूहमा आयो । यसको लगत्तै २००६ मा ट्विटरको ब्लुबर्ड आयो । यी प्लेटफर्महरूको सुरुवाती पुनरावृत्ति भिडियोको आधारभूत सेयरिङ र भ्युङ सजिलो भयो । तर, सर्ट भिडियो क्रान्तिका लागि भने केही वर्ष लाग्यो । २०१० मा इन्स्टाग्राम सुरु भए पनि यसमा फोटो सेयर गर्ने सुविधा मात्रै थियो । भिडियो पोस्ट गर्ने सुविधा भने थिएन ।
२०१३ पहिलो सर्ट–फर्म एप्सको सुरुवाती वर्ष
२०१३ को जनवरीमा भाइनको आगमनसँगै सर्ट भिडियोका सामग्रीको मूल्यांकन सुरु भयो । यो समग्र सोसल मिडिया प्लेटफर्मको नयाँ गर्भाधान थियो । भाइनले प्रयोगकर्तालाई छोटो भिडियो सिर्जना गर्न, हेर्न र सेयर गर्न सहज बनायो । प्रयोगकर्ताको स्मार्टफोनको माध्यमबाट भिडियो बनाउन, हेर्न र सेयर गर्न सकिने भयो । सामग्री सुरुमा ६ सेकेन्ड लामा मात्रै हुन्थे, जसले सर्जकलाई छोटो समयमा गहकिलो सामग्री पेस गर्न सकिने गरी सिर्जनात्मक हुन बाध्य बनायो । यद्यपि, यो सीमितताले नयाँ नमुनाको तय गर्यो । सर्जकलाई धेरै बजेट नचाहिने, संयन्त्र महँगो नहुने तथा पेसेवर सर्ट फुटेज विशाल जनसमुदायमा पुग्न सम्भव भयो ।
छिटो रमाइला तथा मनोरञ्जनात्मक सामग्री पोस्ट गर्ने एकमात्र प्लटेटफर्मका रूपमा भाइन देखा पर्यो । यसले सर्जकलाई भाइरल हुने अद्वितीय, बोली (बाइट) आकारको सामग्री सिर्जना गर्न पनि कुनै अनुभव नचाहिने भयो । भाइनको विस्फोटक लोकप्रियताले अन्य सोसल मिडिया कम्पनीहरूको पनि छिट्टै ध्यान तान्यो । सोही वर्षको जुनदेखि इन्टाग्रामले १५ सेकेन्डसम्मको भिडियो रेकर्ड र सेयर गर्ने क्षमताको विकास गर्यो । फेसबुकले २०१३ को सेप्टेम्बरमा अटोप्लेको विशेषता कार्यान्वयन गर्यो । न्युजफिडमा भर्चुअल भिडियो बनाउने कुरा पनि बेवास्ता गर्न सकिन्न ।
२०१४–२०१७: सोसल मिडियामा भिडियो उदय
२०१४ मा विश्वभरिका सोसल मिडिया प्रयोगकर्तामाझ सर्ट भिडियोको प्यास बढ्यो । यसको केही वर्षभित्रमा सर्ट भिडियो सर्वत्र व्याप्त भयो र सोसल प्लेटफर्मको पर्यावरणका रूपमा विकास भयो । सेलिब्रेटी र प्रभावशाली व्यक्तिहरूले पनि यात्राको समयमा दर्शकमाझ पुग्न र आफ्ना दर्शकको संख्या बढाउन सर्ट भिडियो प्रयोग गर्न थाले । यो भनेको २०१४ को समय हो । यो गीत–संगीतका रूपमा लन्च भयो ।
यसले प्रयोगकर्तालाई गीत–संगीतमा ओठ चलाएर १५ सेकेन्डदेखि १ मिनेटसम्मको सर्ट भिडियो बनाउन सक्ने बनायो । २० करोड प्रयोगकर्ताको भीड जम्मा भएपछि यो एप बाइटडान्सले लियो । २०१७ को ‘मे’ मा नयाँ नामकरण गरेर ‘टिक–टक’ राख्यो । यो समयमा इन्स्टाग्रामले ‘स्टोरीहरू’ ल्यायो । यसले प्रयोगकर्तालाई फोटो र सर्ट भिडियो पोस्ट गर्न सक्ने बनायो । तर, यो २४ घण्टामा लुप्त हुन्थ्यो । दुःखको कुरा, भाइनजस्तै यो पनि केही महिना पहिले बन्द भयो । हाल सर्ट भिडियोको आधुनिक युगको सुरुवात भएको छ ।
२०२०–२०२३: आधुनिक युग
हाल भिडियो प्लेटफर्म जस्तैः टिकटक र इन्स्टाग्राम रिल्सको संयुक्त रूपमा मासिक २ अर्ब नियमित प्रयोगकर्ता छन् । यसमा हाल नेपालमा धेरैले चलाउन सुरु गरेको ‘लाइकी’ को प्रयोगकर्ता समावेश गरिएको छैन । म पनि टिकटक बन्द भएपछि ‘लाइकी’मा रमाउन थालेको कुरा यहाँहरूलाई बताउन चाहन्छु । स्न्यापच्याट देखा परे पनि २०२० को नोभेम्बरमा मात्रै सबैले चिने । २०२१ मा युट्युबले युट्युब सर्टस् थप्यो । यो आक्रामक रूपमा सर्ट फर्म भिडियोमा देखा पर्यो ।
हामीले युट्युब खोल्दा स्मार्टफोनको वालमा विभिन्न सर्ट भिडियो देख्न सकिन्छ । यसबाट हामीले पाउने मनोरन्जनका लागि सिलिकन भ्याली कम्पनीलाई धन्यवाद । यसका प्रयोगकर्ता ६.५ अर्ब छन् । सर्ट फर्म भिडियो सोसल मिडिया धरातलको महत्वपूर्ण अंश भएको छ । यो विश्वभरिका अर्बौंले हेर्ने र सेयर गर्ने गर्छन् । हाल नेपालमा धेरैले प्रयोग गर्दै आएको लाइकी सर्ट भिडियो सेयरिङ एप सिंगापुरबाट सञ्चालन हुँदै आएको छ । यसको नेतृत्व पहिले कारखाना मजदुर रहेका व्यक्तिले गरिरहेका छन् । यसले टिकटकको केही भाग ओगट्न थालेको छ ।
यो ‘बिगो टेक्नोलोजी’को स्वामित्वमा रहेको छ । यो हाल विश्वभरि गैरखेल एपमध्ये सातौं बढी डाउनलोड गरिएको एप हो । सर्ट भिडियो एपको बजारमा टिकटकको वर्चस्व रहेको छ । यो चीनमा मात्रै १४.१ अर्ब डलरको मूल्यांकन लिएर बसेको छ । यदि तपाईं पनि लाइकी चलाउन चाहनुहुन्छ भने प्ले स्टोरमा गएर ‘सर्ट भिडियो सेयरिङ एप लाइकी’ टाइप गर्नुस् । त्यसपछि डाउनलोड गर्नुस्, आनन्दले यसको मजा लिन सक्नुहुनेछ ।