Logo

नेपाल लाइफले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गर्‍यो

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको आव २०७८/७९ र २०७९/८० को २३औँ र २४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभाले आव २०७९/८० का लागि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्तापुँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गरेको छ ।

कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह (क) का शेयरधनीबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का शेयरधनीका तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधनको प्रस्ताव सभाले पारित गरेको छ ।

कम्पनी नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन/परिमार्जन गर्नु परेमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। अध्यक्षको अनुमतिले अन्य कुनै प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ ।

यसैगरी सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आव २०७८/७९ र आव २०७९/८० को वार्षिक कार्यप्रगति प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७८/७९ र आव २०७९।८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणउपर छलफल गरी सभामा स्वीकृत गरेको छ ।

सभाले सञ्चालक समितिको अनुरोधमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त स्वीकृतिअनुरूप आव २०७९/८० का लागि लेखापरीक्षक एसएआर एसोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गरेको छ । सभाबाटै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आव २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्