Logo

२२ सिट क्षमताको विद्युतीय लक्जरी बस ‘भेन्चे’ नेपालमा आउँदै

काठमाडौं– शशिला मोटर्सले भेन्चे ब्रान्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुवाहक बस नेपालमा ल्याउने भएको छ । एकपटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने बसको बुकिङ खुल्ला गरिसकेको हो । बसमा ४ सय एनएमको टर्क र १४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ । गाडीमा १२३ किलोवाट आवरको ब्याट्री जडान छ ।

फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दूरीमा सञ्चालन गर्न यो बस यात्रुमैत्री हुने शशिला मोटर्स प्रा.लि.का प्रबन्धनिर्देशक सन्तोष खतिवडाले बताएका छन् । १२३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दाबी छ । हाल प्रिबुकिङ गर्नेले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि सोभन्दा केही बढ्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्