रेडक्रसको कानुनी मस्यौदा गृह मन्त्रालयमा पेस «

रेडक्रसको कानुनी मस्यौदा गृह मन्त्रालयमा पेस

नेपाल रेडक्रस सोसाइटीले कानुनी आधार सुदृढीकरण गर्न गृह मन्त्रालयमा छुट्टै मस्यौदा पेस गरेको छ । छुट्टै कानुनी व्यवस्थाका लागि नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले शनिबार गृह मन्त्रालयका सचिव प्रेमकुमार राईलाई संंस्थाको तर्फबाट मस्यौदा हस्तान्तरण गरेका छन् ।
मस्यौदामा नेपाल रेडक्रसका लागि बन्ने कानुनमा हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
यो मस्यौदा तयार गर्दा नेरेसोले आफ्ना प्रदेश तथा जिल्ला शाखाका साथै नेपालस्थित रेडक्रसको अन्तर्राष्ट्रिय समिति, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) र जेनेभास्थित संयुक्त आयोगको परामर्श र सुझाव लिइएको थियो । सचिव राईले रेडक्रसबाट पेस भएको मस्यौदाको अध्ययन गरी यथाशीघ्र रेडक्रस कानुन ल्याउन सहयोग पु-याउने प्रतिबद्धता व्यक्त गरे । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले रेडक्रस र यसका गतिविधिका बारेमा सो अवसरमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्