Logo

जीटी २० प्रो नेपाली बजारमा

काठमाडौं– इन्फिनिक्सले जीटी २० प्रो नेपाली बजारमा लन्च गरेको छ । यो नयाँ स्मार्टफोन युरोप, मध्यपूर्व र अफ्रिका (ईएमईए) र मध्य र दक्षिण एशिया (सीएसए) क्षेत्रहरूमा प्रतिष्ठित पब्जी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोनको रूपमा रहेको छ ।

यस फोनमा मिडिया टेक डाइमेन्सिटी ८२०० प्रोसेसर छ, जुन ४ एनएम ओक्टाकोरको साथ आउँछ । यसमा १२जीबी एलपीडीडीआर ५ एक्स र्‍याम र यूएफएस ३.१ २५६ जीबी स्टोरेजको साथ पाइन्छ । यसले पब्जी मोबाइलमा १२० एफपीएस समर्थन गर्दछ । पिक्सेल वक्र्ससँग साझेदारी गरेर एक्स फाइभ टर्बो गेमिङ डिस्प्ले चिप समावेश गरेको छ ।

यसमा ४५ वाट सुरक्षित चार्जिङसहित ५,००० एमएएच ब्याट्री रहेको छ । यो फोनमा १०८ एमपी ओआईएस मुख्य सेन्सर, २ एमपी टेलिफोटो लेन्स र २ एमपी म्याक्रो लेन्ससहितको क्वाड–क्यामेरा सेटअप छ । ३२ एमपी फ्रन्ट क्यामेराले स्पष्ट र विस्तृत सेल्फीहरू र उच्च गुणस्तरीय भिडियो कलहरू सुनिश्चित गर्दछ ।

यो फोन मेचा ब्लू, ओरेन्स र सिल्भर रङमा उपलब्ध छ । यो स्मार्टफोनको मूल्य १२ं२५६ जीबीका लागि ४७ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । यो मोबाइल आउटलेटहरू र अनलाइनमा दराजमार्फत खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्