पोखराको बजेट ७ अर्ब ५१ करोड
पोखरा– पोखरा महानगरपालिले आर्थिक वर्ष २०८१–०८२ का लागि ७ अर्ब ५१ करोडको बजेट ल्याएको छ । पोखरा महानगरको १५ औं नगर सभामा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट सार्वजनिक गरेकी हुन् । चालु आवमाभन्दा आउँदो वर्षको बजेटको आकार बढेको छ ।
चालु आर्थिक वर्षमा ७ अर्ब १५ करोड बजेट विनियोजन गरिएको थियो । संघीय सरकारको अनुदानबाट ४ अर्व २० करोड, प्रदेश सरकारको अनुदानबाट ९ करोड ६३ लाख, आन्तरिक आयबाट १ अर्व ५५ करोड व्यहोरिने उनले बताइन् । त्यसैगरी संघीय राजस्व बाडँफाँडबाट ३८ करोड ३३ लाख, प्रदेश राजस्व वाँडफाँडबाट ९ करोड ७२ लाख व्यहोरिने भएको छ । स्थानीय राजस्व बाँडफाँडबाट १ अर्ब १२ करोड र रोयल्टी बाँडफाँडबाट ५४ लाख २४ हजार रुपैयाँ प्राप्त हुने अनुुमान गरिएको छ ।
बजेटअन्र्तगत शिक्षा, खेलकूद तथा युवा र प्रज्ञा प्रतिष्ठान सम्वन्धी कार्यक्रम सञ्चालन गर्न १ अर्ब ६५ करोड, स्वास्थ्यमा ३५ करोड, पर्यटन तथा सहरी विकासका कार्यक्रम सञ्चालनका लागि ५६ करोड, सामाजिक विकासअन्तर्गत लक्षित वर्गतर्फ ६ करोड र संस्थागत विकासतर्फ २ करोड विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् ।
बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य शृंखला सवलीकरण र बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन समाज र कार्बन तटस्थता, सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह, वातावरणप्रति संवेदनशील र जिम्मेवार समाजको निर्माणलाई बजेटमा राखिएको छ । नवउद्यम प्रवद्र्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वस्थ्य र उत्पादनशील जनशक्ति तयार, वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सिमान्तकृत समुदायको आर्थिक सशक्तिकरणलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उपप्रमुख गुुरुङले जनाइन् ।
फेवा फेरो पदमार्ग निर्माणलाई ५० लाख र ड्यामसाइड पञ्चासे पर्यटकीय मार्ग विकासका लागि ९० लाख, एशियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशीलता तथा जिविकोपार्जन सुधार आयोजनाका लागि २६ करोड १६ लाख, पर्यटन लक्षित कार्यक्रमहरू सञ्चालन गर्न १ करोड ५० लाख, फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनको आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवा विच निर्माणको काम शुरुआत गर्न २ करोड विनियोजन गरिएको छ । सिद्वार्थचोक—विन्ध्यवासिनी सडक खण्डमा पर्ने सम्पदा वस्तीको संरक्षण, विकास तथा प्रवद्र्धनका लागि करोड विनियोजन गरिएको उपप्रमुख गुुरुङ बताइन् ।
त्यस्तै पूर्वाधार विकासमा बीपी मार्ग सडक स्तरोन्नति गर्न ८ करोड र विश्व बैंकको सहयोगमा सञ्चालित तालचोक–बेगनास, शिसुवा–शिसाघाट तथा बिरौटा–दोबिल्ला–बागमारा–कोत्रे सडकका लागि १ अर्ब ६५ करोड विनियोजन गरिएको छ । शिक्षातर्फ सामुदायिक विद्यालयको व्यवस्थापन र शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा प्रोत्साहनको लागि ८४ लाख, विद्यार्थीको दिवा खाजाको लागि प्रति विद्यार्थी प्रतिदिन १५ रुपैयाँमा महानगरपालिकाबाट १० रुपैयाँ थप गरी प्रतिदिन २५ रुपैयाँ पु¥याउनका लागि ४ करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।
बजेट प्रस्तुत गदै उपप्रमुख गुुरुङले महानगरवाट सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले उत्कृष्ट नतिजा हासिल गरेकाले शिक्षालयको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि १ करोड ६५ लाख छुट्याइएको बताइन् । बालविकास केन्द्र सहयोगी कार्यकर्ता, विद्यालय सहयोगी र विद्यालय कर्मचारीहरुका लागि तलब भत्ता अनुदानतर्फ ४ करोड ७० लाख विनियोजन गरिएको छ ।
सामाजिक विकासतर्फ उपप्रमुखसँग महिला कार्यक्रममार्फत विपन्न, एकल एवं लक्षित वर्गका महिलाहरुको उद्यमशीलता विकासका लागि थप १ करोड व्यवस्था विनियोजन गरिएको छ । सहरी गरिबी न्यूनिकरण कार्यक्रमअन्तर्गत लुमन्ती र महानगरपालिकाको साझेदारीमा बिपन्न वर्गको आयआर्जन र आवास निर्माणका लागि १५ करोड विनियोजन गरिएको छ ।
बजेटमा एकिकृत पञ्चासे क्षेत्र विकास योजना, ९ ताल जोड्ने साइकल मार्ग, फेवा लेक अग्र्यानिक ट्रेल, विन्ध्यवासिनि सम्पदा क्षेत्र विकास परियोजनालगायतका कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको उपप्रमुख गुुरुङले बताइन् ।