Logo

एनआईसी एसिया बैंक बन्यो पीसीएएफओको सदस्य

काठमाडौं– एनआईसी एसिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफओ)को सदस्य बनेको छ । बैंकले एक विज्ञप्तिमार्फत पीसीएएफओको सदस्य बन्न पाउँदा खुशीको महसुस भएको बताएको छ ।

‘यो विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल हो, जसले उनीहरूको ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्यांकन र खुलासा सुनिश्चित गर्दछ’ विज्ञप्तिमा भनिएको छ । पीसीएएफमा ६ महादेशका ४८० भन्दा बढी वित्तीय संस्था आबद्ध छन् । उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एसिया–प्रशान्त क्षेत्रमा पनि पीसीएएफ द्रूतरूपमा विस्तार भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

एनआईसी एसिया बैंकले कार्बन फुटप्रिन्टको पारदर्शी मूल्यांकनमार्फत वातावरणीय दिगोपनप्रति आफ्नो प्रतिबद्धतालाई पीसीएएफसामु जोड दिएको छ । विश्व मौलिकरूपमा वातावरणमैत्री अभ्यासतर्फ सर्दै गएकाले एनआईसी एसिया बैंकले पनि आफ्नो कार्बन फुटप्रिन्ट नाप्ने र रिपोर्टिङ गर्न दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायुमैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध रहेको एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्