अनुदानका सोलार प्रतिगोटा १५ सयमा बिक्री «

अनुदानका सोलार प्रतिगोटा १५ सयमा बिक्री

जुम्ला-सोलार व्यापारी मीनबहादुर मल्लले जुम्लाका २ हजारभन्दा बढी दलितलाई सस्तोमा सोलार ल्याइदिने भनी दुई वर्ष पहिले नागरिकता संकलन गरेका थिए । उनलेचन्दननाथ नगरपालिकासहित गुठीचौर, तातोपानी र तिला गाउँपालिका २ हजार विपन्न दलितको नागरिकता आफूसँगै लिए । तातोपानी–३ का वडाध्यक्ष डिल्ली रावलका अनुसार व्यापारी मल्ले नागरिकता लिँदा नै ५० प्रतिशत कम मूल्यमा सोलार उपलब्ध गराउने जानकारी स्थानीयलाई दिएका थिए ।
मल्लले गएको चैत र वैशाखमा गाउँ–गाउँमा सोलार ल्याएर प्रतिगोटा १५ सय रुपैयाँमा बिक्री गर्न अनुमति माग्दै वडाकार्यालयमा निवेदन दिए । सोलार व्यापारी मल्लले ५० प्रतिशत अनुदानमा दिने भनिएका सोलार १५ सयमा दिँदा धमाधम बिक्री भयो । सस्तोमा पाएको भन्दै स्थानीयले ऋण खोजेरै भएपनि १५ सय प्रतिगोटाका सोलार खरिद गरे । तर, कतिका घरमा अहिले सोलार बिग्रिसकेका छन् । व्यापारी मल्लले नागरिकता किन लिए भन्नेदेखि कति नाफा खाएर बिक्री गरे भन्ने कसैले सोधखोज गरेन भने उनले कसैलाई पनि अनुदानका सोलार हुन् भन्ने कुरा खुलाएका पनिथिएनन् ।
कर्णालीका अन्य जिल्लामा पनि निःशुल्क सोलार वितरण भइरहेको समाचारले स्थानीयको ध्यान तान्यो । उनीहरूले आफू पनि कतै ठगियौं कि भन्ने लागेर सोधखोज गर्दै जाँदा सही सावित भयो । अनुदानका सोलार जुुम्लामा १५ सयमाबिक्री भयो भन्ने कुरा बाहिरियो ।त्यसपछि हाम्रो साझा वबहुउद्देश्यीय सहकारी सस्ंथाका अध्यक्ष मनसुर सुनारले चन्दननाथ नगरपालिकाको न्यायिक समितिमा छानबिनका लागि उजुरी दिए । उजुरीमाथि छलफल गर्दा व्यापारी मल्लले अनुदानका सोलारमा सरासर ठगी गरेको पाइयो ।
उपमेयर अप्सरादेवी न्यौपानेभन्छिन्, “पाँचपटकसम्म न्यायिक समितिको बैठकको निर्णय गरेर व्यापारी मल्ललाई नगरपालिकाभित्रका दलितको पैसा फिर्ता गर्न ताकेता ग-यौं । तर,उनले अटेरी गरेपछि हामीले पत्रकार सम्मेलन नै गरेर यो घटना सार्वजानिक गरेका छौं ।”

३३ लाखभन्दा बढी ठगी
साविक कर्णालीका विपन्न दलितलाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पूर्ण अनुदानमा सोलार उपलब्ध गराउँदै आएको छ । केन्द्रले गरेको टेण्डरमा यस वर्षसीआरसी भन्ने कम्पनीलाई परेको छ । जुम्लामा सोलार ल्याउने जिम्मा भने सीआरसी कम्पनीका जुम्ला प्रतिनिधि काइनेटिक इनर्जी प्रालिलाई परेको छ । जसका प्रवद्र्धक स्वयं मीनबहादुर मल्लनै रहेछन् ।
मल्ले जुम्लामा कुल २ हजार २ सय २ सोलार ल्याएको पाइएको छ । जसमा चन्दननाथ नगरपालिकालाई १ हजार रहेकोमा उनले ९५ वटा बिक्री गरेको पाइयो भने गुठीचौरमा १५०, तातोपानीमा ४७० र तिलाका ९० वटा सोलार बिक्री गरेको पाइएको छ । यसरी अनुदानका सोलार प्रतिगोटा १५ सयका दरले बिक्री गर्दा उनले करिब ३३ लाख ३ हजार रुपैयाँ जनताबाट ठगी गरेको खुलासा भएको हो । न्यायिक समितिमा उजुरी परेपछि एकहजार नगरवासीको पैसा फिर्ता गर्न उनलाई तत्काल १५ लाख रुपैयाँ नगरपालिकाको खातामा जम्मा गर्न भनिएको थियो । व्यापारी मल्ल भने आफूलाई ढुवानी खर्च, जडान खर्च केही पनि केन्द्रले नदिएका कारण १५ सय शुल्क लिएको बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्