युनाइटेड इन्स्योरेन्सको २५ औं वार्षिक साधारणसभा सम्पन्न

युनाइटेड इन्स्योरेन्सको २५ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भयो । साधारणसभा कम्पनीका सञ्चालक समिति अध्यक्ष भरतबहादुर कार्कीको अध्यक्षतामा बसी सामान्य प्रस्तावहरू र विशेष प्रस्ताहरूमा छलफल गरी पारित भयो । त्यसैगरी सञ्चालक समिति सदस्यहरूको बैठक भत्तासम्बन्धी प्रस्ताव साधारणसभाको बहुमतले पारित भएको घोषणा सञ्चालक समिति अध्यक्षद्वारा घोषणा गरिएको थियो ।
प्रस्तावहरूमा आव २०७४-०७५ वार्षिक प्रतिवेदन, सोही आवको नाफा नोक्सान तथा नगद प्रवाहको विवरणलगायत वित्तीय विवरणहरू पारित गर्दै आगामी आव २०७५-०७६ का लागि लेखा परिक्षकमा मदन निरौला एन्ड कम्पनीलाई नियुक्त गरिएको सर्वसम्मत रूपमा बैठकबाट पारित भयो । त्यसैगरी विशेष प्रस्तावको रूपमा पेस भएको सञ्चालक समितिको संरचनामा ७ जना सञ्चालक सदस्यहरू रहने गरी कम्पनीको विनियमावलीमा संशोधन गर्ने प्रस्तावर कम्पनीले भविष्यमा कुनै निर्जीवन बिमा कम्पनीहरूसँग एक आपसमा गाग्ने-गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यताप्राप्त मूल्यांकन कर्ता नियुक्त गर्न निजको पारिश्रमिक तोक्नलगायत मर्जरसम्बन्धी अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएको छ ।
सभाध्यक्ष भरतबहादुर कार्कीबाट उपस्थित सम्पूर्ण सेयरधनी महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै सौहार्दपूर्ण वातावरणमा वार्षिक साधारणसभा सम्पन्न भएको घोषणा गरेको जानकारी गराए ।