गरिमा विकास बैंकको शाखा हात्तीगौंडामा «

गरिमा विकास बैंकको शाखा हात्तीगौंडामा

गरिमा विकास बैंकले मंगलबार बूढानीलकण्ठ नगरपालिका–७, हात्तीगौंडामा शाखा सुरु गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले गरे ।
कार्यक्रम विकास बैंकका सञ्चालक डा. आनन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले यस क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी उद्यमशीलताको विकास तथा नगरपालिका भित्र विभिन्न व्यापार व्यावसायको विस्तारका लागि ग्राहकहरूलाई आवश्यक पुँजी प्रवाहको लक्ष्य राखी विकास बैंकले सम्पूर्ण आधुनिक बैंकिङ सुविधासहित शाखा कार्यालय सञ्चालनमा ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्